धादिङ बैशाख ७ । स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको माओवादी केन्द्र नीलकण्ठले भोट माग्न घरदैलो आभियान सुरुगरेको छ । निर्वाचनको मिति नजिकि सकेकोले नीलकण्ठ नगरपालिका वडा नं १ का माओवादी कार्यकर्ताहरु चुनावी प्रचारमा उम्मेदवार सहित जनतकाको घर घर पुगी भोटमाग्न थालेका हुन् ।
माओवादी केन्द्र नीलकण्ठ नगरपालिका वडा नं. १ का कार्यकर्ताहरुले गत चैत ३० गते घरदैलो अभियान सुरु गरेका हुन् काउले र धुसेनीको घरदैलो अभियान सम्पन्न गरि आज जमुने डाडाँबसाह, गैरीबसाह र कोल्चेतको अभियान जारी रहेको छ ।
माओवादी केन्द्र वडा नं १ का प्रस्तावित वडा अध्यक्ष गणेश गुरुङको नेतृत्वमा वडा सदस्यका उम्मेदवारहरु तारा गुरुङ, पाण्डु तामाङ र एन्जिला तामाङ सहित ६० जना भन्दा बढी नेता तथा कार्र्यकर्तहरु जनताको घरघरमा पुगी माओवादी केन्द्रलाई जिताउन भोट माग्दै हिडिरहेका छन् । यस घरदैलो अभियान बैसाख ९ गते पात्लेमा गएर समापन हुने माओवादी केन्द्र वडा नं १ ले जनाएको खाल्टेबाट शकंर अधिकारीले जानकारी दिनु भएको छ ।