सरगम राना मगर,
धादिङबेसी बैशाख ७ गते । नारी जागरणकेन्द्र धादिङको २ दिने गोष्ठी आज देखि धादिङबेसीमा सुरु भएको छ ।
२०६८ सालमा निमार्ण गरेको पञ्च वर्षिय रणनिति योजना त्यसको पुर्नताजकिय गोष्ठी नारी जागरणकेन्द्र धादिङको आयोजनामा यु एम एन धादिङको सहयोगमा सुरु भएको हो ।
नारी जागरण केन्द्रले धादिङमा पिछडिएका महिला हिंसामा परेका महिला अपाङग भएका महिलाको हकहित र संरक्षणमा रहेर काम गर्दै आइरहेका छ र गाउँ–गाउँमा पनि विभिन्न चेतना मुलक कार्यक्रमहरु गर्दै आइरहेको नारी जागरण केन्द्र धादिङकी अध्यक्ष भगवती उप्रेतीले बताउनु भयो ।
संस्थाले १८ वर्षमा पार गरेको र आगामी दिनहरुमा पनि आफ्नो संस्थाले अझै राम्रो काम गर्ने प्रतिबद्धता गर्नुभयो । गोष्ठीमा संस्थाका कार्यसमिति कर्मचारी, अनुगमन समिती तथा सहयोगी संस्थाहरुको सहभागितामा सम्पन्न ।
कार्यक्रममा निलकण्ठ नगरपालिका भित्रका महिलाहरुको उपस्थीती रहेको थियो।नारी जागरण केन्द्रको ५ वर्ष रणनिति योजना विगतमा गरेका कामहरुको समीक्षा संस्थागत विकास कसरी गर्ने उपलब्धी आगामी ५ वर्षे योजना के कसरी गर्ने भन्ने विषयमा छलफल भएको थियो ।