धादिङबेसी बैशाख ६ । नेकपा माओवादी केन्द्र धादिङमा नेपाली काँग्रेस ज्यामरुङका निवर्तमान सभापति बीरबहादुर गुरुङ प्रवेस गरेका छन् ।
नियमित १० वर्ष सम्म नेपाली काँग्रेस ज्यामरुङको सभापति बनेका गुरुङ आज धादिङबेसी स्थित भैरवी होटलको हलमा भएको कार्यक्रमबाट माओवादी केन्द्रमा पार्टी प्रवेस गरेका हुन् ।
२०५१ साल अघि आफु संयुक्त जनमोर्चा थिए, जव माओवादीले जनयुद्ध गर्यो तव वैचारिक मतभेदको कारण भन्दापनि सुरक्षाको दृष्टीकोणबाट पलायल हुन पुगेको बताउँदै हिजो म कम्यूनिष्ट नै थिए आज यत्रो परिवर्तन पनि कम्युनिष्ट त्यसमा पनि माओवादी केन्द्रको एजेण्डका कारण भयो, यो स्थानीय तहको निर्वाचन माओवादी केन्द्रले नै जित्नु पर्ने भएकोले आफु लगायतका साथीहरु माओवादी केन्द्र मै फर्केको बताउनु भएको थियो ।
यस्तै सेमजोङबाट धनबहादुर गुरुङ पनि सोही कार्यक्रमबाट माओवादी केन्द्रमा प्रवेस गरेका थिए । नव प्रवेसी दुबै जनालाई माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य पुष्पविक्रम मल्ल र जिल्ला अध्यक्ष शालिकराम जमकट्टेल जिल्ला सहसचिव मनराज भण्डारीले खादा ओढाएर स्वागत गर्नुभएको थियो । कार्यक्रममा माओवादी केन्द्र पोलिट ब्यूरो सदस्य जगत सिंखडा, माओवादी केन्द्रीय महादिवेसन आयोजक समिति सदस्य कमल सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।