धादिङ बैशाख ६ । धादिङमा स्थनीय चुनावको रौनक बढेको छ, दलहरु उम्मेदवार छान्न व्यस्त छन् ।
नेकपक माओवादी केन्द्रले जिल्ला र प्रदश स्तरबाट उम्मेदवार छानिसकेको छैन । बैशाख ९ गते धादिङका सबै नगर र गाउँपालिकामा छुट्टा छुट्टै कार्यक्रम गरि उम्मेदवार घोषणा गर्ने बताएको छ ।
नगर र गाउँपालिकाबाट सिफारिस भएका उम्मेदवारको ना जिल्ला र प्रदेशले ९ गते अगावै टुङ्ग्याउँछ र ९ गते प्रत्येक नगर र गाउँपालिकाबाट उम्मेदवार घोषणा हुन्छ माओवादी केन्द्रका सह सचिव मनराज भण्डारीले बताउनु भयो । उहाँले अहिले २ नगरपलिका र ११ गाउँपालिकाका वडा सम्म कस्लाई उठाउने तय भैसकेको जिल्ला र प्रदेशले स्वीकृत दिएपछि ९ गते उम्मेदवारको नाम घोषणा गर्दछौ ।
सामाजिक संजाल प्रयोग गर्दै आफुलाई भोट माग्दै आकाँक्षीहरु
पार्टीले उम्मेदवारको नाम घोषण गर्न बाँकी छदैँ माओवादी केन्द्र धादिङका केहि आकाङ्क्षी उम्मेदवार र उनका समर्थकलेले भने सामाजिक संजाल प्रयोगगरि भोट माग्न थालि सकेका छन् । उनीहरुले आफूलाई नै पार्टी उम्मेदवार बनाउने भन्दै भोट माग्न र आफ्नो पक्षमा जनमत तय गर्न विभिन्न कार्यक्रमहरु पनि गरि रहेका छन् ।