धादिङबेसीमा आसामाया बचाउ अभियान तथा वृहत् सांस्कृतिक कार्यक्रम आयोजना

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख ५, २०७४

धादिङ बैशाख ५ । धादिङ नेत्रावती गाउपालिका स्थित सेमजोङ घर भएकी आशा तामाङ बचाउ अभियानका क्रममा आज धादिङबेसीमा आसा माया बचाउ अभियान तथा वृहत् सांस्कृतिक कार्यक्रम –२०७४ आयोजना भएको छ ।

सेमजोङ निवासी आशा तामाङ केहि महिना देखि दुवै मृगौला फेल भै अस्पतालको वेडमा रहेकाले आर्थिक संकलन अभियान अन्तरगत धादिङबेसी बीचबजारमा आज आसा माया बचाऔँ अभियान तथा वृहत् सांस्कृतिक कार्यक्रम आयोजना भएको हो ।

दुबै मृगौलाले काम नगरे पछि तामाङ ३ महिना देखि अस्पतालको बेडमा छटपटाई रहनुभएको छ उपचारमा सहयोग पर्याउन कार्यक्रमको आयोजना गरेको ग्लोरियस कलेज अफ इम्फमेशन टेक्नोलोजीका कार्यकारी दिर्नेशक विमल तामाङले बताउनु भयो ।

कार्यक्रमको सह आयोजक कोका मेन्दो कृषि महिला सहकारी संस्था र आशा माया बचाउ अभियान समुह रहेका थिए । रेडियो बिहानीका अध्यक्ष मनराज भण्डारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो ।