ओछ्यानबाटै हराएका डेढ वर्षिय बालक खोलाको बगरमा भेटिए

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख ५, २०७४

बाबुराम श्रेष्ठ, धादिङ ।
बैशाख ५ गते ।
धादिङको वेनिघाट रोराङ गाउँपालिका ३ बागुराङबाट बैशाख ३ गते ओछ्यानबाट हराएका डेढ वर्षिय बालक सकुशल फेला परेको छ । बैशाख ३ गते आम बाबुसंगै सुतेका डेढ वर्षका बालक बुलिलाल चेपाङ नजिकैको सेन्ती खोलाको बगरमा फेला परेको हो ।

बगरको छेउमा खेली रहेको अबस्था ति बालक फेला परेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक बरुण बहादुर सिंहले बताए । डेढ बर्षिय बालक राती ओछ्यानबाट हराई खोलाको बगरमा कसरी पुग्यो भनी आश्चर्यको बिषय भएको प्रहरी निरीक्षक सिंहले बताए ।

२०७२ साल बैशाख १२ को बिनासकारी भुकम्पले घर भत्किएपछि अस्थाई टहरामा आमाबुबासंगै सुतेका डेढ वर्षका बालक बुलिलाल चेपाङ बैशाख ३ गते राती करिब २ बजे ओछ्यानबाटै बेपत्ता भएका थिए । खरको छानो र त्रिपालले ढाकेर भित्तामा घोचेबारले बेरेको टहरामा सुतेका बालक मध्यरातमा हराएपछि परिवारमा रुवाबासी चलेको थियो ।

बालक बुद्धिलाल सोमबहादुर चेपाङ र मनमायाँ चेपाङको कान्छो छोरा थिए भने जेठो छोरा ३ वर्षको, डेढ वर्ष र ३ वर्ष २ छोरा र उनका आमाबुबा संगै सुतेका थिए । सबैजना निन्द्रमा भएको बेला डेढ वर्षको छोरा मात्रै हराएको बालकका बुबा सोमबहादुरले बताए । टहराको ढोका छेउमा आफु सुतेर श्रीमति र छोरामा कुनापट्टि सुताएका थिए । सोमबहादुरले भने ‘राती २ बजे विउजिँदा मसंगै सुतेको जेठो छोरा चाही संगै छ, सानो छोरा ओछ्यानमा थिएन ।’

आफ्नै काखीमा सुताएको छोरा हराएपछि आमा मनमायाँ अचेत जस्तै बनेकी थिइन् ।
बच्चा राम्रोसंग हिडडुल गर्न समेत नसक्ने भएकोले आमाबुबा निन्द्रामा भएको बेला बच्चा चोरी भएको हुन सक्ने गाउँलेहरुले अनुमान लगाएका थिए । बागुराङ गाउँ पुग्न पृथ्वी राजमार्ग अन्तर्गत मलेखुबाट डेढ घण्टाको सवारी यात्रा र करिब ३ घण्टाको पैदल हिड्नुपर्छ । गरिब र न्यून आय भएका दुर्गमको चेपाङ समुदायबाट मध्यरातमा बच्चा हराएपछि वरपरका गाउँलेहरु समेत त्रसित बनेका थिए ।