एक प्रखर युवा व्यक्तित्व: गंगाजमुना गाउँपालिकामा उम्मेदवारी दिँदै

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख ५, २०७४

धादिङ, गंगाजमुना गाउँपालिका, बैशाख ५ । धादिङ गंगाजमुना गाउँपालिका फुलखर्क निवासी नवराज अधिकारी गाँउपालिका प्रमुखको दावेदार उम्मेदवार हुनुहुन्छ । ३२ वर्ष शिक्षण पेशामा रहेर काम गरेका अधिकारी २०२४ साल फागुन ०७ गते जन्मनु भएको हो । सामाजिक काममा रुचि राख्ने शालिकन व्यक्ति मध्येपर्ने अधिकारीको एक श्रीमती, एक छोरा र एक छोरी गरी ४ जनाको सुखी परिवार छ । सामाजिक न्यायका लागी शिक्षण पेशा सँगै अहोरात्र खट्ने उहाँँ आगामी बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट गोलाकार भित्रको हँसिया हथौडा चिन्ह लिएर गाँउपालिका प्रमुखको लागी उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ । यता माओवादी केन्द्र धादिङले भने धादिङका कुनै पनि गाउँपालिकामा कसलाई उम्मेदवार बनाउने भन्ने अन्तिम टुङ्गो लगाई सकेको छैन ।

को हुन् नवराज अधिकारी उनको ब्याकग्राउन कस्तो छ ?

राजनैतिक पृृष्ठभूमि
 २०३७ सालको विद्यालय युनियनको सदस्यपदमा अखिल छैटौबाट विजयी
 २०३९ सालमा मण्डली मा.वि. युनियनको अध्यक्ष पदमाभारी बहुमतद्वारा विजयी
 २०४१ सालमा ने.क.पा मशालको सदस्यता प्र्राप्त
 २०४३ सालमा ने.रा.शि.सं जिल्लाकार्य समिति सदस्यमा निर्वाचित
 २०४४ देखि करीव २७ वर्ष पार्टी गा.वि.स प्रमुखको जिम्मेवारी
 शिक्षकको गा.वि.स अध्यक्ष, जिल्ला सदस्य, क्षेत्रिय अध्यक्ष, जिल्ला सल्लाहकार, राज्य समिति सदस्य हुँदै हाल माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङको अध्यक्ष एवम् केन्द्रीय सदस्य

सामाजिक सेवा
 नेपाल रेडक्रस सोसाइटी फुलखर्कको पूर्व अध्यक्ष
 विभिन्नवन समितिको अध्यक्ष एवम सडक तथा खानेपानीको संयोजकको भुमिका निर्वाह
 गणेश पर्वत संरक्षण अभियानको अध्यक्ष

हिरासत
 २०४४ साल फागुनमा शिक्षक आन्दोलनमा १ दिन जिल्ला प्रहरी हिरासतमा
 सांस्कृतिक प्रोग्रामको क्रममा २०५३ मा कीर्तिपुरबाट गिरफतार गरी १ दिन कालिमाटि हिरासत
 २०५४मा फुलखक थाना आक्रमण पछि २ दिन खहरे हिरासत
 २०५४ मा सोहीक्रममा ३ दिन जि.प्र.का. हिरासतमा
 २०६० सालमा जिल्लाको क श्रेणीको माओवादी शिक्षकको आरोपमा जागिरबाट बर्खास्त पत्र लेखी आ.का. लेखेर छातीमा टाँसेरै १ महिना धादिङ हिरासत
 सोही क्रममा जेलबाट छुटेपछि जेलको गेटमै गिरफतार गरी अर्को १ महिना धादिङ हिरासत

जेल

 २०५३ सालमा ३ महिनाको लागि भद्रगोल जेल चलान
 २०६० सालमा ३ महिना धादिङ जेल

बेपत्ता
 २०५३ मा कालिमाटीबाट बेपत्तापारी ७ दिनपछि दरबारमार्ग हिरासतमा सार्वजनिक गरेको
 २०६२ सालमा काठमाडौ नयाँ बसपार्कबाट गिरफतार गरी ५ दिनपछि सोही ठाउँमा सार्वजनिक गरेको
साथै लामो समय सम्म दैनिक, साप्ताहिक र मासिकतारख खेपेको

प्रकाशित कृति
 गणेश पर्वत भाग-१
 गणेश पर्वत भाग-२
 विभिन्न स्मारिका, गाउँघर पत्रिकाको आधादर्जन अङक

भ्रमण
 चीन
 भारत
 बेलायत

यस्तो छ, गंगाजमुना गाउँपालिकालाई समृद्ध बनाउने अधिकारीका सूत्रहरु
 सबै वडाबाट केन्द्रसम्म आउन सुविधा जनक सडक विस्तार गर्ने
 सबैको घर घरमा बिजुली र इन्टरनेट सुविधाको सुनिश्चित गर्ने
 आधुनिक वस्ती सुधार योजना बनाई शहरीकरणको लागी पूर्वधार विकास गर्ने
 खनिज, जडिबुटी, जलस्रोत, वनजङ्गल र गंगाजमुना यस गाउँपालिकाको आम्दानीका श्रोत भएकोले यसलाई व्यवस्थित गरी आम्दानीको श्रोतमा विकास गर्ने
 यस क्षेत्रका क्रियाशील एवं सफल पर्यटन व्यवसायीहरुको सल्लाह र सुझावको आधारमा गंगाजमुना पर्यटन क्षेत्रको विकास गर्ने
 गंगाजमुना गाउँपालिकाको भौगोलिक सर्वेक्षण गरी यसको जलवायु र माटोको उर्वरा शक्तिको आधारमा कफी, अलैँची, बाँस, निगाला, च्याउ खेती, माछा पालन, मौरी पालन जस्ता कृषिफर्मल्याई युवा स्वरोजगार सिर्जना गर्ने