अबुधावी/ नयाँबर्ष वि.सं. २०७४ को अवसरमा लिःल फङ घले समाज युएईले वैशाख १ का दिन अबुधावीको फोल्कर कल्चर थिएटर नवबर्ष धमाका २०७४ को भब्यतापुर्वक सम्पन्न गरेको छ ।
कार्यक्रमलाई ऐतिहासिक रुपमा सफल तुल्याउनको लागि नेपालबाट आएका हिमाल घले, विष्णु घले, छिरिङ शेर्पा, ज्योती मगर लगायतका कलाकारको साथै प्रवासी नेपाली कलाकारहरुको बेजोड प्रस्तुति रहेका थियो ।
सधै छोटा र पारदर्शी पहिरनमा आफ्ना प्रस्तुति देखाउने गायिक ज्योती मगरलाई घले समाज युएईले पुरै कपडा र घले पोसाकमा स्टेजमा उतारेको थियो । आफ्नो पहिलो प्रस्तुति घले पोसाकमा देखाएकी ज्योति मगरले दर्शकको माग अनुसार अर्को प्रस्तुतिमा आफुलाई साविककै रुपमा प्रस्तुत गरेकी थिइन् ।
धादिङ समाज युएईका संरक्षक तथा नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटाको प्रमुख आतिथ्यतमा सम्पन्न उक्त साँस्कृतिक कार्यक्रममा जनजाति महासंघका कार्यबाहक अध्यक्ष पासाङ शेर्पा, घले समाज कतारका अध्यक्ष प्रिती घले, नेपाल पत्रकार महासंघ युएई लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा घले समाज युएईले प्रायोजकहरु, मिडिया पार्टनर लगायत कार्यक्रमलाई भब्यतापुर्वक सफल बनाउन सहयोग गर्ने सवैलाई सम्मान गरेको थियो ।