धादिङ बैशाख ४ । नीलकण्ठ नगरपालिका ससाहमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
ससाह पुलमुनी थोपलमा करेन्ट लगाएर माछा मार्ने क्रममा अन्दाजी वर्ष ३२ का हरि तामाङको मृत्यु भएको प्रहरीले बताएको छ ।
उत्तरी धादिङ खनिया बास गाउँपालिका २ झार्लाङबाट ससाह बसाइआएका तामाङलाई माछा मार्ने क्रममा करेन्ट लागि मृत्यु भएको हो ।
पोष्टमाटमको लागि शव जिल्ला अस्पताल लगिएको प्रहरीले बताएको छ । जिल्ला अस्पतालले पोष्टमाटम भोलि मात्र हुने बताएको छ ।