जसको नीति उसैको स्थानीय नेतृत्व -भण्डारी

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ३, २०७४

धादिङ बैशाख ३ । नेकपा माओवादी केन्द्र धादिङका उपाध्यक्ष तथा केन्द्रीय महादिवेशन आयोजक समिति सदस्य रामबहादुर भण्डारीले जसको नीति उसको स्थानीय नेतृत्व अपरिहार्य भएको बताउनु भएको छ ।

नीलकण्ठ नगरपालिका वडा नं. ९ को कार्यकर्ता भेटघाट तथा वाईसिएक वडा सम्मेलनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भण्डारीले मुलुक जुन एजेण्डा र नीतिले सिंहदरवारको अधिकार जनताको घरघरमा आएको छ, अबको स्थानीय निकायको नेतृत्व पनि त्यहि दलले गर्नुपर्ने बताउनु भएको हो ।

भण्डारीले माओवादी केन्द्रले स्थानिय तहको निर्वाचनको यस घढी सम्म आउन ठुलो बलिदानी गरेको भन्दै बहकावमा मत अन्त जाला जनतालाई मतको सदुपयोग गर्न जनताका घर घर गई बुझाउन कार्यकर्तालाई निर्देशन दिनु भएको थियो ।

भेलाले शुकदेवको अध्यक्षतामा २९ सदस्यीय वडा समिति र धर्म दत्त लंसालको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन गरेको मुरली भञ्ज्याङबाट केबी धमलाले धादिङपोष्टलाई जानकारी दिनु भयो ।