कविथापा मगर
धादिङबेसी बैशाख २ । जडिबुटि प्रशोधन र व्यावसायिक प्रवद्र्धन सम्वन्धी २ दिवसीय गोष्ठी आज धादिङबेसीमा सम्पन्न भएको छ ।
आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति धादिङको आयोजना र जिल्ला समन्वय समिति धादिङको आयोजना जडिबुटि प्रशोधन र व्यावसायिक प्रवद्र्धन सम्वन्धी २ दिवसीय गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीमा सहजकर्ता सुनिल थापा मगरले धादिङ जिल्लामा ६० जातका औषधीजन्य बोटविरुवा तथा ५६ जाका औषधी जन्य बुट्यान पाईने जानकारी गराउनु भएको हो । साथै गोष्ठीमा मगरले स्थानीय स्तरका स साना औषधीजन्य बोटविरुवाका साथै त्यसका उपयोगिताका बारेमा स्पष्ट पार्नुभएको थियो ।
औषधीजन्य बोटविरुवाबाट औषधी, खाना, श्रृङ्गारका सामग्री, अचार लागायतका परिकारद्धारा प्रयोगमा ल्याउन सकिने र हामीले दैनिक प्रयोग गर्ने अदुवा लसुन प्याज गाँजरबाट हाम्रो स्वास्थ्यमा पार्ने सकारात्मक तथा नकारात्मक पक्षको विषयमा जानकारी दिईएको थियो ।
त्यस्तै कार्यक्रममा आदिवासी जनजाति महासंघ धादिङका उपाध्यक्ष नारायण कुमार श्रेष्ठले दुर्घटनामा घाईते भएका वा अन्य विरामी लाई स्वास्थ्य केन्द्रमा कसरी छिटो र सुरक्षित पुर््याउने भन्ने विषयमा प्रयोगात्मक अभ्यास गराउनुभएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा आदिवासी जनजाति महासंघ धादिङका अध्यक्ष दुर्गाबहादुर गुरुङको सभापतित्व तथा जिल्ला समन्वय समिति धादिङका वरीष्ठ लेखा अधिकृत हरी पाटामगरको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरी आदिवासी जनजाति महासंघ धादिङका वरिष्ठ उपाध्यक्ष तथा नेपाल बराम संघका अध्यक्ष चन्द्र वराम, आदिवासी जनजाति महासंघका पुर्व अध्यक्ष हरी शंकर गिदेल मगर, सल्लाहकार भिम दर्लामी मगर, आदिवासि जनजाति महासंघ धादिङका उपाध्यक्ष नारायण कुमार श्रेष्ठको आतिथ्यता रहेको थियो ।