धादिङमा काँग्रेसको ११५१ सदस्यीय प्रचार प्रसार समिति गठन

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख १, २०७४

धादिङबेसी बैशाख १ । नेपाली कांग्रेस धादिङले स्थानीय तहको निर्वाचनको लागी जिल्ला निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ ।

नेपाली काँग्रेस धादिङका जिल्ला सचिव हरिराम बुर्लाकोटीको संयोजकत्वमा प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारी सह संयोजक रहेको ११५१ सदस्यीय जिल्ला निर्वाचन प्रचार प्रसार समिति गठन गरेको हो ।

नेपाली काँग्रेस जिल्ला सदस्य नवराज तिमल्सिनाका अनुसार समितिको सदस्यहरूमा कांग्रेसको जिल्ला समिति अन्तर्गतका सबै कार्यसमितिको पदाधिकारी एवं सदस्यहरू, प्रेस युनियन धादिङ, सम्पुर्ण भातृ तथा शुभेच्छुक संघरसंस्थाका प्रमुखहरू प्रचार प्रसार समितिको सदस्य रहेका छन् ।

प्रचारलाई नेपाली काँग्रेसले महत्वपूर्ण रुपमा लिने गरेको कुरा यस अघि क्यालेण्डर र निययमित लोकवाणि पत्रिका प्रकासन गर्नुले पुष्टी गर्ने बताउदै तिमल्सिनाले भने अब, चुनावको लागि प्रचार मोर्चा आज देखि जाग्यो ।