रसिद नकाटी रकम असुल्दै जिल्ला शिक्षा कार्यालय धादिङ

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख १, २०७४

धादिङबेसी बैशाख १ गते । जिल्ला शिक्षा कार्यालय धादिङले २०७० सालको आयोगको परिक्षाकोे रेकर्ड फाईल प्रतिवटा १ सयका दरले रसिद नकाटी बेचिरहेको छ ।

शिक्षक सेवा आयोग सानो ठिमाीले अस्थायी कार्यरत शिक्षकले मात्र प्रतिस्पर्धा गर्न पाउनेगरी जारी गरेको विज्ञापन विज्ञापन अनुसार फारम बुझाउन आउने शिक्षकहरुलाई उक्त फाइल रसिद नकाटी १ सय रुपयाँमा बेचि रहेको हो ।

सरकारी कार्यलयमा रसिद नकाटी कुनै पनि आर्थिक क्रियाकलाप गर्न पाईदैन, हामीले फारम वेव साइटबाट डाउनलोड गरि भरेर बुझाउन ल्याउँदा उक्त फाईलको जवर जस्ती पैसा बुझाउनु पर्ने, आफैले नयाँ फाइल ल्याउन नपाउने भन्दै जिल्ला शिक्षा कार्यालय धादिङले विना रसिद प्रति शिक्षक १ सय अशुल्ने गरेको एक शिक्षकले बताए ।

देख्दा सानो रकम भएपनि खुलेखम ठग्ने काम भएको छ, रसिद नकाटी पैसा असुल्न पाइन्छ ? जिज्ञासा राख्दा माथिको आदेश हो फारम बुझाउने नबुझाउने तपाईको कुरा हो, कर्मचारीहरुले गरेको गरेको ति शिक्षकले धादिङपोष्टलाई बताए ।

शिक्षा ऐन २०२८ ( आठौं संशाधन) को दफा ११ च मा भएको व्यवस्था अनुसार सामुदायीक विद्यालयहरुमा रिक्त शिक्षक पद स्थायी रुपले पदपुर्ति गर्न विज्ञपन खुलेको हो । जसमा धादिङ जिल्लामा आधारभुत तह (साविक १–५) मा २ सय ८० पदमा विज्ञापन जारी भएको छ । २०४९ साल पुष २० गते अघि नियुक्ति पाएका शिक्षकहरुका लागि पदसंख्या ८ र ०४९ पुष २१ देखि ०६१ साउन २१ सम्म पद संख्या १९० र ०६१ साउन २२ देखि ०७२ असोज सम्मको रिक्त दरबन्दी संख्या ८२ गरि २८० पद संख्यामा विज्ञापन गरिएको छ ।