धादिङ जिल्लामा दुई कार्यालय प्रमुखहरु ०७३ सालका चर्चित पात्र बने १ हुन् तात्कालि अवस्थाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकास सुवेदी जसले कालाबजारी अनुगमन र त्रिशुली दनी बचाउ अभियानलाई उच्च प्रथामिकतामा राखेका थिए । अहिले उनको सरुवा भएपछि त्रिशुलको अवस्था देखेर उनको प्रशंसा धेरै हुने गरेको छ । अर्का हुन् जिल्ला वन कार्यालयका प्रमुख इमनाथ पौडेल जसले ठुलो चुनौती मोलेर सामुदायी वनको पक्षमा काम गरे काम गर्ने दौरानमा उनी अहिले पनि सामुदायीक वनको पक्षमा मुद्धा लडि रहेका छन् । यी दुई कार्यालय प्रमुखलाई वर्षभरिका उत्तकृष्ट कर्मचारीका रुपमा हेरिएको थियो ।
यी अलवा यस्ता समचार हेडलाईनहरु भने ०७३ साल को ।
धादिङ, चैत्र ३० । धादिङ जिल्लामा धादिङमा २७ वेपत्ता, १ सय २५ सहिद र १ सय ५० द्धन्द पिडित रहेको बताईएको छ ।
धादिङ चैत्र १२ । नयाँ शक्ति नेपाल धादिङको चरौदी भेला मुख्य ३ निर्णय गर्दै सकिएको छ । आसन्न स्थानिय निकायको चुनावकोको बारे आयोजित चरौदी भेला ३ निर्णय गर्दै चैत्र ११ गते राती अबर सकियो ।
धादिङ चैत्र १० । माओवादी केन्द्र धादिङका जिल्ला सदस्य तथा रुबीभ्याली गाउँपलिका इन्चार्ज रामसिंह तामाङ माथि धादिङबेसी स्थित बीचबजार आक्रमण भएको छ । रुबीभ्याली गाउँ सम्मेलन सकेर हिजो मात्र धादिङबेसी आएका तामाङलाई सेर्तुङ बोराङका राप्रपा कार्यकर्ता प्रशान्त तामाङको नेतृत्वमा आएका राप्रपा कार्यकर्ताहरुले आक्रमण गरेको माओवादी केन्द्र धादिङले बताएको छ ।
धादिङ फागुन २७ । नेपाली काँग्रेस धादिङले धादिङका स्थानिय संरचना देखी जिल्ला तहसम्म रहेका नेता तथा कार्यकर्ताहरुको टेलिफोन समाबेस गरिएको टेलिफोन डायरी सार्वजनिक गरेको छ । नेपाली काँग्रेसका पुर्व महामन्त्री प्रकाशमान सिंहको प्रमुख अतिथि रहेको उक्त टेलिफोन डायरी विमोचन कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।
धादिङ फागुन २७ । उत्तरी धादिङ सत्यदेविका परशुराम तामाङ नेपाल सरकारको पर्यटन राज्य मन्त्री बन्नु भएको छ । बिहिबार साँझ बसेको मन्त्रिपरिषदको वैठकले राप्रपा नेपालका अध्यक्ष कमल थापा सहित ३ जनालाई मन्त्रिपरिषदमा ल्याउन निर्णय सँगै हिजै साँझ राप्रपा नेता तथा सांसद तामाङ मन्त्री बन्नु भएको हो ।
धादिङ फागुन २० । धादिङको ज्यामरुङ गाउँ विकास समिति वर्डा नं। ६ कुमाई ज्यामरुङमा झाडा पखाला फैलिएको छ । विगत ३ दिन पहिला गाउँमा विहे भोज थियो, त्यहि विहे भोजको खानपिन पछि गाउँमा झाडा पखाला फैलिएको हुन सक्ने अनुमान ।
धादिङ फागुन १३ । धादिङ जिल्ला सलाङ गाउँ विकास समिति स्थित आमकोटमा पूर्व पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगर र पर्यटन व्यावसायीलाई भव्य स्वागत गरिएको छ । नलाङ र सलाङको सिमानामा रहेको पर्यटकिय स्थल सिद्धलेकलाई प्रबद्र्धन गर्ने योजना अनुरुप भिटोफ नेपालको आयोजनामा भएको कार्यक्रमलाई भव्य स्वागत ।
धादिङबेसी फागुन ४ । धादिङ जिल्लामा रहेका ८ वटा क्याम्पसमा हुने स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियु (क्रान्तिकारी) बीच संयुक्त प्यानल बजाएर निर्वाचनमा जाने निर्णय ।
धादिङ माघ २३ । प्रेस चौतारीको धादिङको अध्यक्षमा सरोज पौडेल निर्वाचित हुनु भएको छ । धादिङबेसीमा शनिबार भएको जिल्ला भेलाबाट ११ सदस्यीय कार्य समिति सहित अध्यक्षमा पौडेल निर्वाचित हुनुभएको हो ।
धादिङ माघ १९ । धादिङबेसीबाट ज्यामरुङ चामभञ्ज्याङ जाँदैगरेको बसले किचेर मंगलबार ज्यामरुङका कुमार लामिछानेको मृत्यू भएको छ । चामभन्ज्याङ जाँदै गरेको बा ३ ख २९०० नम्बर धादिङ यातायातको बसले किच्दा लामिछानेको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
नलाङ माघ २० । धादिङको नलाङ गाविसमा श्रीपन्चमीको अवसरपारी बुधबार सामुहिक ब्रतबन्ध गरिएको छ । नलाङ मोडेल एकेडेमी र चक्रदेवी सेवा समाज नलाङको संयुक्त आयोजनामा सामुहिक ब्रतबन्ध कार्यक्रम सम्पन्न भएको हो ।
धादिङ माघ ६ । नेकपा माओवादी धादिङको चौथो जिल्ला सम्मेलन पछिको दोश्रो वैठकले गाउँ पालिका स्तरीय संरचना बनाईे र पार्टीलाई चुनाव केन्द्रित बनाउने निर्णय गरेको छ ।
धादिङ मंसिर २४ । विभिन्न खेल विधालाई आत्मसाथ गर्दै अगाडी बढेका धादिङबेसीका हरि गोतामे राष्ट्रिय ब्याड मिन्टन प्रतियोगिताको लागि छनौट हुनु भएको छ । धादिङ जिल्लाबाट छनौट भई मध्यामाञ्चल प्रतियोगितामा भाग लिएका गोतामेले दोलखाका सन्तोष श्रेष्ठलाई बिहिबार हराउँदै राष्ट्रिय व्याड मिन्टन प्रतियोगितामा छनौट हुनुभका हुन्।
धादिङ सेमजोङ, मंसिर १० । उत्तरी धादिङको सेमजोङ गाविस वडा नं ५ मा रहेको टनेल भित्र गोलभेडा खेती अवलोकन बिहिबार अवालोकन गरिएको छ । जे। आई। जेड। को आर्थिक सहयोग र ग्रामीण प्रर्बद्धन केन्द्र नुवाकोटको आयोजनामा गोलभेडा खेती गरिएको टनेलको अवलोकन गरिनुका साथै साना किसान सहकारीको भवनको समेत उद्घाटन गरिएको हो ।
धादिङबेसी मंसिर ३ । दैनिक सयौ मानिसले सदरमुकाम आवत जावत गर्न प्रयोग गर्ने धादिङ सदरमुकाम स्थित थोप्पल खोलामाथि रहेको झोलुङ्गेपुल जिर्ण बनेको छ । सदरमुकाम धादिङवेसीको बीच बजारबाट ७ सय मिटरको दुरीमा रहेको थोप्पल खोलामाथिको झोलुङ्गे पुलको नट वल्टु फुत्कीएर खसेपछि जोखिम बढेको हो ।
धादिङ कात्तिक २८ । धादिङमा अवैध रुपमा काठ चोरी निकासी गर्दै आईरहेका एक व्यक्तीलाई जिल्ला वन कार्यालय धादिङले शनिवार फक्राउ गरेका छन । जिल्ला वन कार्यालय धादिङका कार्यालय सहायक वन अधिकृत क्षेत्र विक्रम खाँडको नेतृत्वको टोलीले अवैध काठसहित रामबहादुर थापालाई पक्राउ गरेको हो ।
धादिङ कात्तिक २१ । धादिङका राजनीतिक दलहरुले जिल्लालाई १३ गाउँ पालिका बनाउने गरि स्थानिय पुनःसंरचाना गर्ने निर्णय गरेका छन् । कार्तिक ८ गते पहिलो वैठक बसेका जिल्ला स्थित दलहरुले कातिक १८ गते देखि पुन वैठक बसी स्थानिय पुनर संरचनाका विषयमा छलफल जारी राख्दै नगर पालिका सहितको १३ गाउँ पालिकाको सिमा निर्धारण समेत गरेका हुन् ।
धादिङबेसी कात्तिक १० । सल्यानटारका किसान हरि पन्तले धादिङबेसी स्थित किसान एग्रोभेटबाट बीउ खरीद गरी १ रोपनी जग्गामा काउली रोपे तर काउलीको पात मात्र झाङ्यिो फुल लागेन ।
धादिङ कात्तिक ५ । धादिङको पुरानो सदरमुकाम स्थित खेल मैदान सुधारका निम्ति सहयोग गर्ने युवा तथा खेलकुद मन्त्रीले दलजित श्रीपाइलीद्वारा प्रतिवद्धता ।
धादिङ कात्तिक ३। धादिङको सेमजोङमा निर्माण गरिएको नवनिर्मित स्वास्थ्य चौकीको बुधबार उदघाटन गरिएको छ । स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक एवम् नीति योजना तथा अन्र्तराष्ट्रिय सहयोग महाशाखाका प्रमुख भोगेन्द्रराज डोेटेलले एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरे
धादिङबेसी असोज ३० । आफ्नो शिक्षण पेशा त्यागेर राजनीतिमा होमिएका धादिङका नेता नेकपा एमालेका सांसद तथा पूर्व शिक्षामन्त्री डा। गङ्गालाल तुलाधरले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएको छ । लन्डनस्थित इन्टरनेसनल कन्सोर्टियम फर जियो–डिजास्टर रिडक्सन नामक संस्थाले धादिङ कल्लेरीमा जन्मिएका तुलाधरलाई अन्तराष्ट्रिय स्तरको उत्कृष्ट पुरस्कार दिएको हो ।
धादिङ असोज २२ । माओवादी केन्द्रका नेता तथा २ छोरा वेपक्ता भएका वेपक्ता परीवारका ज्यूँदा सहिद रामबहादुर भण्डारी धुवाँकोटमा सम्मानित हुनु भएको छ । बिजयादश्मी को अबशरमा, शुभकामना आर्दानप्रदान तथा सहिद वेपत्ता परिवार भेटघाटको अवसरमा माओवादी केन्द्र धुवाँकोटले भण्डारी लगायत सहिद तथा वेपत्ता परिवारलाई शुक्रबार सम्मान गरेको हो ।
धादिङ दिङ असोज ११ । धादिङबेशीबाट किन्ताङफेदी जाँदै गरेको बस मार्पाक गाविसको लपाङमा दुर्घटना मृत्यू हुनेको संख्या १९ पुगेको छ । संयुक्त यातायातको ना ४ ख ३३१८ नम्बरको बस स्थानीय ‘लपाङ चौतारा’ नजिकैबाट करिब ३ सय मिटर खसेर भएको दुघटना भएको बस टुक्र टुक्रा भएको थियो ।
धादिङबेसी असोज ७ । धादिङबेसीस्थित अमरावती सामुदायिक वन अतिक्रमण गरेर बनाईएको रेडियो धादिङ र सेफ हाउसको घर जिल्ला वन कार्यलय धादिङले भत्काएको छ । आज बिहान ४ बजे नै अमरावती सामुदायिक वन क्षेत्रमा ससस्त्र जनपथ प्रहरी र वन सुरक्षाकर्मीसहित वन कार्यालय धादिङका प्रमुख इमनाथ पौडेल उपस्थितिमा उक्त भवन भक्ताइएको हो ।
धादिङ असोज ५ । वन क्षेत्रमा अतिक्रमण गरि बनाईएको घर टहरा र संस्थाहरुको लाईन काटन अटेर गरेको भन्दै नेपाल विद्युत प्राधिकरण धादिङका प्रमुख सत्यनारायण नागीलाई आज पक्राउ गरेका छन।
धादिङबेसी भाद्र २५ । माओवादी पार्टी पुनरगठन पछि जिल्ला जिल्लामा उसका भातृ संगठनहरु पनि पुनर गठन गर्दै आए अनुसार आज धादिङमा विद्यार्थीहरुको संगठन पुनर गठन तथा एकता बैठकबाट माधव छत्कुली अध्यक्षमा निर्वातिच हुनुभएको थियो ।
धादिङबेसी भाद्र १८ । धादिङ जिल्लामा केहि वर्ष देखि लडाई गर्दै आई रहेका दुई वस व्यवसायीहरुको समिति मिलेका छन् । स्थापनाको लागि लडाई लड्दा दुई जनाको ज्यान गएको ग्रामिण यातायात र आफ्नो एकाधिकारको लागि अन्तिम लडाई लड्दै आएको धादिङ यातायात व्यावसायीहरु आलो पालो बस संचालन गर्ने गरि अहिले मिलेका हुन् ।
धादिङबेसी भाद्र १६ । जिल्ला प्रशासन कार्यालय धादिङको अनुगमन टोलीले दर्ता नगरी संचालन आएका धादिङका ३ पोलिक्लिनिक तालाबन्धी गरिएको छ । पटक पटक कानुनी प्रक्रिया पुरा गरी संचालन गर्न अनुरोध गरिए पनि अटेर गरि दर्ता प्रोसेस नै अघि नबढाई संचालन गरिएको भन्दै अनुगमन टोलिने ति पोलिक्लिनिक हरुमा ताला बन्दी गरेको थियो ।
धादिङबेसी भाद्र १५ । आर्थिक समृद्धिको नारा लिएर गठन भएको बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल पार्टी अहिले धादिङमा जाग्दै गएको देखिन्छ । ०७२ फागुन ८ गते पूर्व सभाषद बीर बहादुर तामाङको संयोजकत्वमा १ सय २७ जिल्ला परिषद बने यता धादिङमा नयाँ शक्तिको चहल पहल बढेको हो ।
धादिङ भदौ २ । धादिङको किरान्चोक गाबिस वडा नं ४ को ऐसेलु खर्कमा ७५ बर्षिय हर्क बहादुर तामाङको धारिलो हतियार प्रहार गरी हत्या भयो ।
धादिङबेसी भाद्र २ । श्रमजीवि पत्रकारहरुको संगठन प्रेस सेन्टर धादिङको एकता वैठक सम्पन्न भएको छ । प्रेस सेन्टर ३ नम्बर प्रदेश सम्मेलन आयोजक समितिका सचिवलय सदस्य सुनिल खड्काको प्रमुख अतिथ्यतामा वैठक सम्पन्न भएको हो ।
धादिङ दार्खा श्रावण ३२ । उत्तरी धादिङको दार्खा–८, धार्नामा पहिरो जाँदा २५ घरका १०० जना भन्दा बढी विस्थापित भएका छन् । धार्ना गाउँ भन्दा माथि करिब ४ किलो मिटर लम्बा र २ मिटर चौडा चर्किएकार गाउँ भन्दा तल पहिरो पुरै गाँउ विस्तापित हुन पुगेका हुन् ।
धादिङ श्रावण ३० । जिल्ला वन कार्यालय धादिङका प्रमुख इमनाथ पौडेलले सामुदायीक वनको पक्षमा सिडियो कार्यालयमा अनसन बस्ने बताउनु भएको छ ।
धादिङ श्रावण ३० । सामुदायीक वन अतिक्रमण गरि संचालनमा आएको बेनिघाट गाविस वर्डा नं। ९ स्थित सलाङघाटमा रहेको होटल कृपाज्जली डोजर लगाई भत्तकाइृएको छ ।
धादिङबेसी साउन २७ । माओवादी केन्द्र धादिङको एकता भेला सम्पन्न भएको छ । जिल्ला विकास समितिको सभाहलमा सम्पन्न भेला माओवादी केन्द्रका सचिवालय सदस्य हितबहादुर तामाङले उद्घाटन गर्नु भएको थियो ।
धादिङबेसी साउन २३ । धादिङबेसी स्थित सामुदायीक रेडियो रेडियो धादिङको भवन माथि वैधानिकता खोज्दै जिल्ला वन कार्यालयले पत्राचार गरेको छ ।
धादिङ, २० साउन । धादिङका वन प्रमुखज्यू, ‘वनक्षेत्रमा बनेका ‘पहुँचवालाका भवन’हरु कहिले भत्काउने ?
धादिङ साउन ११ साधरण खुट्टा सुन्निने रोगका कारण उपचार गर्न गएका धादिङ बुढाथुमकी सुश्माको काठमाडौको चाबहिल स्थित ओम हस्पिटलमा मृत्यु भएको छ । टिचिङ अस्पतालले उनलाई ओम अस्पतालमा रिफर गरेको थियो ।
धादिङ, ६ साउन । कोष तथा लेखा नियन्त्रण कार्यालयले धादि आर्थिक विवरण सार्वजनिक गर्दै सो जानकारी दिइएको छ । प्रमुख कोष नियन्त्रक यज्ञप्रसाद ढकालका अनुसार गत आव २०७२। ७३ मा शिक्षा कार्यालयबाट रु एक अर्ब पाँच करोड ७२ लाख तथा जिविसबाट रु ८३ करोड ६७ लाख खर्च गरिएको छ ।
धादिङ, साउन ३ । पासो लाएर आत्महत्या गरेको अवस्थामा फेला परेको एक जनाको लास आफन्त फेला नपरेको भन्दै प्रहरीले गाडिदियो । तर आफन्तले गाडिएको लास निकालेर पोष्टमार्टमको माग माग गरे ।
धादिङ श्रावण ३ । धादिङ जिल्लामा वन जंगल संरक्षण गर्न सहयोग गरेको भन्दै व्यक्ति तथा समुह लाई सम्मान गरिएको छ । जिल्लाका सामुदायिक वन, निजी वन र कवुलियती वन जंगल जोगाई वातावरण संरक्षणमा महत्वपुर्ण योगदान पुर्याएकालाई जिल्ला वन कार्यालयले धादिङले पुरस्कृत गरेको हो ।
जोगिमारा श्रावण २ । असार १७ गते देखि बन्द भएको जोगिमारा गाउँ विकास समितिको कार्यालयमा लागेको ताला १९ दिन पछि खुलेको थियो ।
धादिङ । नेपाली बजारमा भर्खरै भित्रिएको बहुगुणकारी कालो धानको चामल धादिङबेसीमा विक्रिवितरण हुन थालेको छ । केहि वर्ष अघि नेपाल भित्रिएको यो कालो चामल धादिङ बेसीमा भने होलस्टिक हेल्थ ईन्टरप्राईजेज धादिङले विक्रि वितरणमा ल्याएको हो । दैनिक मात्र १५ ग्राम सेवन गर्न सके रक्त अल्पता, मधुमेह, क्यान्सर, हृदयाघात, उच्चरक्तचाप, मुटु रोग, अलजाइमर्स जलन आदिबाट सुरक्षित रहन मद्दत गर्ने कालो चामद धादिङबेसी मै पाइन थाल्यो ।
धादिङ थाँक्रे असार १५ । धादिङ जिल्लाको थाँक्रे गाविस वर्डा न। ८ को ठ घुम्तमा ट्याङकर दुर्घटना हुँदा स्थानिय हरिबहादुर भुजेलको घटना स्थल मै मृत्यू भएको छ । बिहान ८ बजे अम्लेख गंजबाट पेट्रोलियम पदार्थ बोकेर काठमाडौ जाँदै गरेको ना। ३ ख। ३१२७ नम्बरको ट्याङ्कर पट्टा भाँचिय पछि दुर्घटना हुँदा स्थानिय भुजेलको मृत्यू भएको थियो ।
धादिङ असार ११ । बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने धादिङ र गोरखाका भूकम्पपीडितले अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार दुई लाख रूपैयाँ पाउने भएका छन् । आयोजना प्रभावित क्षेत्रका भूकम्पपीडितले घर तथा आवास निर्माण गर्ने कि नगर्ने भन्ने अन्योल छाइरहेका बेला राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले शुक्रबार राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
धादिङ असार । अस्पतालमा जागिर खाको २५ वर्ष भयो तलव ७ हजार अझै अस्थायी बोल्दिने को जिल्ला अस्पताल धादिङमा उनको जागिर छ । यो जागिर गरेको झण्डै २५ वर्ष बितिसक्यो । योबीचमा धादिङ बजार भएर बहने थोपल खोलामा कति पानी बगे होलान् । न त त्यो पानीले भगवतिको दुख नै बगायो । पटक–दलहरुका थोत्रा आश्वासनले त छोएन नै यो पटक सरकारले बढाएको बजेटले पनि उनलाई चिनेन । २५ वर्षदखि भगवतिको तलब उही ७ हजार छ ।
धादिङबेसी जेष्ठ १६ । धादिङ आवासिय उच्च माद्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थी तथा केही शिक्षकहरुद्धारा नीलकण्ठ ८ मा रहेको स्वावलम्वी बहिरा प्राथमिक विद्यालयलाइ शैक्षिक तथा खेलकुद सामाग्रीहरु वितरण गरेका थियो ।
धादिङ फुलखर्क जेष्ठ २ । नेष्ठ १ गते राती परेको भिषण बर्षादको २ गते दिउँसो १ः३५ बजे धन्सार भत्किदा उत्तरी धादिङको फुलखर्क गाउँ विकास समिति वडा नं १ थुम्क कुमारी अधिकारीको घटना स्थलमै मृत्यु भएको थियो ।
धादिङबेसी बैशाख ३१ । मदिरा सेवन गरी घर फर्कने क्रममा लड्दा कुलोमा डुबेर बिहिबार एक जनाको मृत्यु भएको छ ।
धादिङको धार्के स्थित महेश खोला अन्तरगतको कुलोमा डुबेर मृत्यू हुनेमा केवलपुर गाविस वडा नम्बर ८ निवासी ५१ बर्षीय भोटे मिजारको मृत्यू भएको हो ।
धादिङ, मार्पाक बैशाख ३१ । नेपाल रेडक्रस सोसाईटी उपशाखा मार्पाकको २३ औं बार्षिक साधारण सभा मार्पामा सम्पन्न भएको छ । कार्यक्रममा निरञ्जना उमावि मार्पाकमा एक कार्यक्रमको बीच चन्द्र बुना देवी अधिकारी अक्षय कोषका अध्यक्ष उत्तम अधिकारीद्धारा मार्पाक पोखरा प्रावि मार्पाक १ पोखरालाई २ थान कम्प्युटर प्रदान गरिएको छ । यसैगरी निमार्चोक निमाविलाई ३ थान कम्प्युटर मंगलादेवी मावि मार्पाक ७ बोराङलाई १ थान कम्प्युटर प्रदान गर्नु गरिएको थियो ।