धादिङ चैत्र ३१ । स्थानीय तहको निर्वाचन हुन अब महिना दिन मात्र बाँकी छ । धादिङका राजनीतिक दलहरु कसरी चुनाव जित्ने अन्तिम तयारीमा छन् । सरकारले स्थानीय तहको निर्वाचको मिति घोषणा गरे पछि चुनावी प्रचारमा लागेका दलहरुले गाउँ गाउँमा पहिलो चरणको कार्यक्रम सम्पन्न गरि सकेका छन् । आफ्नो जनाआधारको ज्ञान लिइसकेका दलका जिल्ला नेतहरुले अहिले तालमेलका लागि अन्तर पार्टी छलफल सुरुगरेका छन् ।
माओवादी केन्द्रका जिल्ला उपाध्यक्ष रामबहादुर भण्डारीले धादिङपोष्ट सँग तालमेलको बारे कुरा गर्दै भने- हामी चुनावी प्रचार मै छौ । अहिल्यै को सँग मिलेर जाने भन्ने सोचेका छैनौ, जिल्लामा माओवादी केन्द्रको माहौल राम्रो छ, यस्तो स्थितिमा हामीले अहिल्यै तालमेलको विषयमा छलफल गरेका छैनौ । कमजोर कमजोर तालमेल हुन सक्छ यसका लागि हामी केहि दिनमा कहाँ को कमजोर छ दलहरु सँग छलफल गर्दछौं ।
यस्तो छ तालमेलको स्थिति
दलका नेताहरुले अहिले तालमेलविषयमा छलफल नभएको बताई रहेका छन् । तर धादिङपोष्टले फेला पारेको गोप्य स्रोतका अनुसार काँग्रेस, माओवादी केन्द्र एमाले एमाले, नयाँ शक्ति, राप्रपा तालमेलको विषयमा छलफल गरि रहेका छन् ।
कसरी हुँदैछ तालमेल
आ-आफ्नै चुनावी एजेण्डा बोकेर गाउँ गाउँ पुगेका दलहरु र नगर गाउँपालिका प्रमुखको दावेदारका संख्या हेर्दा आफ्नै पार्टी भित्र ठुलै विवादमा छन् यस्तो स्थितिमा चुनावी तलमेल होला आसङ्का गर्नेहरु धेरै छन् । तर यथार्तता त्यस्तो छैन माओवादी केन्द्र र नेपाली काँग्रेस निकट विद्यार्थी संगठन बीच स्ववियू चुनावमा भए जस्तै जिल्ला भरि यी दुई पार्टी तालमेल गर्ने तयारीमा छन् ।
अहिले छोड्नु पर्दा कस्ले कुन नगरपालिका गाउँपालिकाको कुन पद छोड्ने र छाडेका ठाउँहरुमा आफ्ना कार्यकर्ताहरुलाई कसरी मनाउने गृहकार्य भै रहेको स्रोतले बतायो ।
संविधान कार्यान्वयनको एजेण्डागत हिसाबले काँग्रेस माओवादी नजिक रहेकोले मिलेर जाने सम्भावना धादिङमा बलियो रहेको भन्दै एक नेताले भने प्रतिस्पर्धा एमाले सँगै हो, भुकम्पका नाममा राजनीति गर्ने गैर सरकारी संस्थाको कभरमा राजनीति गर्दै कार्यकर्ता भर्ति गर्ने दललाई स्थानिय चुनावबाट मिलेर भए पनि बढार्ने सोचले काँग्रेस र माओवादी केन्द्रले बीच एकता हुन लागेको हो ।
त्यसो त संगठनात्मक हिसाबले राम्रो मानिएको एमाले पनि एक्लै चुनाव लड्ने मनसायमा थियो तर माओवादी केन्द्र र काँग्रेस मिलेमा एमाले पनि अन्य साना दल सँग मिलेर जाने कसरतमा छ ।
काँग्रेस र केन्द्र मिले भने हामीले पनि विकल्प खोज्छौ, नयँ शक्ति राप्रपा सँग कुरा भै रहेको एमालेका एक नेताले बताए ।
कुन गाउँपालिका तालमेलमा कता पर्ने
माओवादी केन्द्र र काँग्रेसले तालमेल गर्ने तयारी गरे पनि स्थानीय तह कुन कस्ले लिने ट्युङ्ग्याइ नसको बुझिएको छ तर क्षेत्र नं. १ अन्तरगत रुवीभ्याली, नेत्रावती र त्रिपुरासुन्दरी माओवादी केन्द्र, खनियाबास र त्रिपुरा सुन्दरी काँग्रेसले लिने सम्भावना रहेको स्रोतको दावी छ । यसरी तलमेल भए काँग्रेसलाई त्रिपुरासुन्दरी गाउँपालिका मिलाउन निकै हम्मेहम्मे पर्ने देखिन्छ किन कि काँग्रेस धादिङका चर्चित नेता बासु तिमल्सिनाले गाउँ प्रमुखको उम्मेदवारी दिने निर्णय गरि सकेका छन् ।
यस्तै क्षेत्र नं. २ मा पनि नीलकण्ठ नगरपालिका लिने पार्टीले यस क्षेत्रमा पर्ने अन्य गाउँपालिका प्रमुख छोड्ने काँग्रेस माओवादीले छलफल गरेका छन् स्रोतका अनुसार क्षेत्र नं. ३ का गाउँपालिकाका विषय र वर्डाको विषयमा अबको वैठकमा छलफल हुने बताईएको छ ।
रुवीभ्याली र खनियाबास राप्रपा लाई दिने र क्षेत्र नं. १ का अन्य गाउँपालिका आफु लिने एमालेको तयारी पनि छ । क्षेत्र नं. २ मा नयाँ शक्ति सँग क्षेलफल जारी रोखेको एमालेले भागबन्डा गरि सकेको छैन ।