विद्यालय सुचना प्रविधि सहित सफल सिकाईका लागि प्रतिवद्ध -बुढाथोकी

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र ३१, २०७३

धादिङबेसी चैत्र ३१ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीका प्रिन्सिपल गोविन्द बुढाथोकीले विद्यालय सुचना प्रविधि सहित सफल सिकाईका लागि एड्भान्स एकेडेमी प्रतिवद्ध रहेको बताउनु भएको छ ।

वर्षभरी आयोजना गरिएका कार्यक्रमहरुको समीक्षा गर्दै वार्षिक परीक्षाको परीक्षाफल प्रकाशन कार्यक्रममा बोल्दै प्रिन्सिपल बुढाथोकीले शिक्षण विधिहरु धेरै छन् हामी विद्यार्थीलाई सुचना प्रविधि सहित सफल सिकाईका विधि मार्फत अगाडी बढी रहेका छौ विद्यार्थीका पढाई प्रति जति अभिभावक चिन्तित हुनु हुन्छ त्यति नै हामी आफ्ना विद्यार्थीलाई कसरी सफल बनाउने भन्ने विषयमा चिन्तित रहेको बताउनु भएको थियो ।

कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा ९ सम्मका प्रथम द्वितीय र तृतिय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै विशिष्ट अतिथि अर्जुक कुमार श्रेष्ठ गोर्खालीले छोटो समयमा विद्यालयले जिल्लामा एस्एलसी परीक्षामा जिल्ला प्रथम सहित खेलकुद तथा अतिरिक्त कृयाकलापमा जिल्लामा उत्कृष्ट विद्यालयको स्थान लिइसकेको जानकारी गराउँदै आगामी दिनमा विद्यार्थीहरुलाई सुतना प्रविधि सहित कृयाकलापमा जान लागिएकोमा सबै अभिभावकहरुलाई सकृय रुपमा सहयोग पुर्याउन अनुरोध गर्नुभयो । कार्यक्रममा ट्यालेन्ट हन्टमा छानिएका विद्यालयका विद्यालउका तर्फबाट छात्रवृत्ति भौचर समेत वितरण गरिएको थियो ।

प्याब्सन केन्द्रीय उपाध्यक्ष शान्त विक्रम बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अब विद्यालय सुचना प्रविधि सहित सफल सिकाई क्रियाकलापमा जान लागि रहेको देशका केही विद्यालयहरुले सफलतापुर्वक यो प्रकृया लागु गरिरहेको सन्दर्भमा पाठ्यपुस्तक पढाउनुभन्दा पाठ्यक्रमले निर्दिष्ट गरेका शैक्षणिक कृयाकलापलाई आधार मानेर यस्तो विधि अबलम्बन गर्न लागिएको विद्यालयका प्रिन्सिपलले बथाउनुभयो ।

कार्यक्रममा विद्यालय प्रथमहुने बहिनी प्रशंसा सिंखडा र भाइ बिकास लम्साललाई पुस्तक भौचर वितरण गर्दै सभापति बद्री प्रसाद तिवारीले विद्यालयलाई समय समयमा उपस्थित भई अमुल्य सल्लाह सुझाव दिई विद्यालयलाई आज उत्कृष्ट विद्यालय बनाउने सम्पूर्ण अभिभावकहरुलाई हार्दिक आभार एवम् कृतज्ञता ब्यक्त गर्नु भएको थियो ।