आइतिमायाँ तामाङ
धादिङ, चैत्र ३० । धादिङ जिल्लामा धादिङमा २७ वेपत्ता, १ सय २५ सहिद र १ सय ५० द्धन्द पिडित रहेको बताईएको छ ।
न्यायको लागि द्धन्द पिडितको भूमिका विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम सहभागि वेपत्ता परिवार टिका कडेलले उक्त संख्या बताउनु भएको हो ।
स्थानिय शान्ति समितिद्धारा उक्त कार्यक्रमको आयोजनामा जिल्ला विकास समितिको हालमा आयोजित कार्यक्रममा वेपत्ता पारिवार छानविन आयोगका आयुक्त बिजुल विक दुलाल वेपत्ता भएका व्यक्तिहरुको तत्थ्काल छानविन गरिने, राज्य, विपक्ष वा अरु कुन पक्षबा वेपत्ता पारिएको हो भनि पहिचान गरि छानविन गरिने बताउनु भएको थियो ।
कार्यक्रममा पिडकलाई कार्वाहीको दयारामा राखि पिडितलाई न्याय दिलाइ दिने भएकाले पिडकलाई नडराउनका लागी प्रमुख अथिति समेत रहेका विक दुलालले आग्रह गर्नु भएको थियो ।
त्यसैगरि प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, सत्य निरुपणा तथा मेलमिलाप आयोगका माधवी भट्टको विशेष आतिथ्यता तथा नेकपा माओवादी केन्द्रका जिल्ला उपाध्यक्ष राम बहादुर भण्डारी ,नेपाली काग्रेंसका जिल्ला सभापति रमेश धमला ,नेकपा एमालेका अध्यक्ष भूमि त्रिपाठी ,प्रहरी उपनिरिक्षक दिपेन्द्र पन्जियर थारु लगायतको आतिथ्यता रहेको थियो । ।