धादिङ चैत्र २९ । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि केन्द्रिय सदस्य खुल्ला तर्फ धादिङका चन्द्रकान्त अधिकारी ६४ मत ल्याई विजय हुनुभएको छ ।
१०४ मतमा धादिङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अधिकारीले ६४ मत ल्याई केन्द्रिय कार्यसमितिमा निर्वाचित हुनुभएको हो । जिल्ला/ नगर एउटा उपाध्यक्ष, खुलातर्फ १८ जना कार्यसमिति, सात वटा प्रदेशबाट ७ जना, १३ जना संस्थापकमध्येबाट १ जना, प्रत्येक प्रादेशिक बाट एक/एक गरी ७ जनाको कार्यसमिति बन्ने व्यवस्था भए अनुसार अधिकारी आज भएको निर्वाचनमा उम्मेदवारी वन्नु भएको थियो १८ जना कार्यसमिति चाहिएकोमा २८ जनाको उम्मेदवारी परे पछि आज मतदान भएको थियो ।
महासंघको निर्वाचन आयोगका अनुसार ८१ पदमा लागि १ सय ९ जनाले प्रतिस्पर्धा गरेका थिए। कुल १ सय १२ जना उद्योगी/व्यवसायीले मनोनयन दर्ता गराए पनि तीन वटा पद सर्वसम्मत भइसकेको थियो ।