धादिङ । सरकारले वैशाख ३१ मा १९ वर्ष पछि घोषणा गरेको स्थानीय चुनावको प्रभाव धादिङमा उच्च देखिएको छ । १३ स्थानीय निकाय मध्ये २ नगरपालिका र ११ गाउँपालिका रहेको धादिङमा गाउँपालिका र नगरपालिकाको प्रमुख तथा मेयरको लागि आकांक्षीहरुले आफ्नो दावेदारी प्रस्तुत गर्ने क्रम सँगै उम्मेदवारको नाम सिफारिस समेत हुन थालेको छ ।
उम्मेदवार मनोनयन गर्ने मिति वैशाख १५ गते भएकाले कुनै पनि दलले जिल्ला स्तरबाट अहिल्यै उम्मेदवारको नाम औपचारिक घोषणा नगरे पछि आकांक्षीहरु टिकट पाउन दौड धुपमा छन् भने कतिपय वडा र गाउँपालिकाबाट जिल्ला पार्टीलाई सर्वसहमत उम्मेदवार सिफारिस गर्न थालेका छन् ।
धादिङमा सबै भन्दा पहिलो दल काँगे्रस बनेको छ उम्मेदवार सिफरिस गर्नेमा त्रिपुरा सुन्दरी गाउँपालिकाबाट बासु तिमल्सिनालाई उम्मेदवार बनाउने गाउँपालिकाले निर्णय गरी क्षेत्रीय समिति हुँदै जिल्ला समितिमा नाम पठाएसँगै उम्मेदवार छान्ने पार्टी काँग्रेस पहिलो बनेको हो । यस्तै काँग्रेसले खनियाँबासबाट रणबहादुर तामाङ र नेत्रावती गाउँपालिकाबाट टेकजङ् लामालाई सर्वसम्मत उम्मेदवार छनौट गरि जिल्ला समितिमा अन्तिम स्वीकृतिको लागि पठाएको छ ।
यस्तै माओवादी केन्द्र गंगाजमूनाले एकीकृत शिक्षक संगठनका जिल्ला अध्यक्ष नवराज अधिकारी, राजन अधिकारी शेरबहादुर गुरुङ र होमबहादुर ढकाल मध्य १ जनालाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउन सिफारिस गरेको छ । माओवादी केन्द्र सिद्धलेकले पुष्प थपलिया शालिकराम अर्याल र सुमन खनाल, बेनिघाट रोराङले कृष्ण थपलिया र हरिबहादुर डल्लाकाटीको नाम जिल्लामा सिफारिस गरेका गरेको छ । माओवादी केन्द्रको उम्मेदवार छनौट कार्यविधिले नै प्रत्येक गाउँपालिका प्रमुखको लागि ३ जना सम्मको नाम सिफारिस गर्नुपर्ने र जिल्लाले उक्त ३ जना मध्येबाट १ जनालाई उम्मेदवार बनाउने छ ।
नेकपा एमालेले पनि विभिन्न गाउँपालिकामा उम्मेदवार टुङ्गो लगाएको बुझिएको छ । अहिले जिल्लामा सिफारिस आएको छैन तर ज्वालामुखीबाट रामप्रसाद अधिकारी, त्रिपुरासुन्दरीबाट शम्भु थापा र बेनिघाट रोराङबाट गिरिराज कंडेललाई उम्मेदवार बनाउने सहमति भएको एमाले पार्टी स्रोतले बतायो ।