रुबीभ्यालीमा टावर निमार्ण साँगै टेलिफोन सुचारु

Avatar photo
Dhadingpost
सोमवार, चैत्र २८, २०७३

सुक तामाङ
धादिङ चैत्र २८ ।
२०६८ सालमा सर्भे भएको फोनको टावर रुबीभ्याली गाउँपालिका अन्तरगत साविकको लापा गाबिसको धना डाडामा टावर निर्माण भए सँगै आजबाट मोबाइल फोन सुचारु भएको छ ।

संचारले दुनिया कायलपलट गरि रहेको अवस्थमा धादिङको पर्यटकिय स्थल जसलाई धादिङको हिमाली भेगका रुपमा परिभाषित लापा सेर्तुङ तिप्लिङ र झार्लाङका जनतालाइसेवा पुर्याउने गरि टावर संचालनमा ल्याइएको बताईएको छ । पर्यटन क्षेत्रको हिसाबले प्रकृती सौनदर्यले भरिपुर्ण भएको रुबीभ्याली गाउँपालिकामा संचार सेवा सुचारुभएपछि स्थानियहरु हर्षित बनेका छन् ।

टेलिकमले वितरण गर्ने रिचार्ज कार्ड १ सयको किन्ताङफेदिमा नै १ सय १० पर्दथ्यो अब रुबी भ्याली आउन त्यहाबाट १ दिन हिड्नु पर्छ कार्डको मुल्य झ नै बढ्ने होला एक स्थानियले चासो व्यक्त गरे । रिचार्ज कार्डमा ठगि गर्ने गरेको पाइएको छ यसलाई टेलिकमले गम्भिरताका साथ जिन जरीरी रहेको उनलले बताए ।

रुबिभ्याली पर्यटकय क्षेत्र भएर पनि अहिलेसम्म संचारबाट बन्चित जस्तै थियो आज देखि फोन सुचारु स्थानिय हर्षित ।