धादिङ समाज युएईको नयाँबर्ष भेटघाट कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
सोमवार, चैत्र २८, २०७३

युएई, चैत्र २८ ।  धादिङ समाज युएईले नयाँबर्ष वि.सं. २०७४ सालको अवसर पारेर यही अप्रिल ७ का दिन शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

सधैका बर्षहरुमा जस्तै यो बर्ष पनि धादिङ समाज युएई अजमान क्षेत्रीय समितिको आयोजनामा युएईको अजमान राज्य स्थित काठमाडौ दरबार रेष्टुरेन्टमा विभिन्न नेपाली परिकारहरुको साथमा नयाँबर्ष कार्यक्रम आयोजना गरिएकोे थियो ।

17842164_1890488164499666_1982014811_n

अजमान क्षेत्रिय समितिका अध्यक्ष रामकुमार वस्तीको सभापतित्वमा सम्पन्न कार्यक्रममा धादिङ समाज युएईका संरक्षक चन्द्रप्रसाद सापकोटा, प्रमुख सल्लाहकार भुवन गुरुङ, अध्यक्ष भीम अधिकारी लगायतको आतिथ्यता रहेको थियो । तत्कालिन अजमान क्षेत्रिय समितिका अध्यक्ष स्वर्गीय थान बहादुर गुरुङको सम्झनामा एक मिनेट मौनधारण सहित सुरु भएको उक्त कार्यक्रमलाई समाजका पुर्व महासचिव योगेन्द्र थापाले संचालन गरेका थिए ।

17859018_1890487891166360_1750325827_o

कार्यक्रममा बोल्दै समाजका संरक्षक चन्द्रप्रसाद सापकोटाले जिल्लावासीहरुलाई युएई नियम कानुनलाई उल्लंघन नगर्नको लागि सचेत गराएका थिए । समाजका प्रमुख सल्लाहकार भुवन गुरुङले जिल्लाको पहिचनको लागि धादिङ समाजले अन्र्तराष्ट्रिय समिति बनाउने तयारी गरिरहेको जानकारी गराएका थिए । त्यसैगरि धादिङ समाज युएईका अध्यक्ष भीम अधिकारीले धादिङ जिल्लामा लागु हुन गइरहेको कम्प्युटर शिक्षा अभियान र ई–लाइब्रेरीको लागि सवै एकजुट हुन आग्रह गरेका थिए ।

अजमान क्षेत्रिय समितिका उपाध्यक्ष ईश्वर भट्टको प्रमुख व्यवस्थापनमा भएको सो कार्यक्रममा पुर्व महासचिव गुणनिधी धमला, उपाध्यक्ष धनु सिम्खडा, महासचिव प्रसिद्ध सिम्खडा, सचिव अन्जन न्यौपाने, कोधाध्यक्ष प्रदिप लोहनी  लगायतले शुभकामना मन्तव्य राखेका थिए ।