धादिङ, चैत्र २७ । धादिङ जिल्लाको उत्तरी क्षेत्रमा अबस्थित खनियाबास गाउँ पालिकाको प्रमुखको लागि नेपाली कांग्रेसले उमेद्वार छानेको छ ।
दामन पाख्रिन स्मृति प्रतिष्ठानका अध्यक्ष तथा समाजसेवी रणबहादुर तामाङलाई नेपाली काँग्रेसले गाउँपालिका प्रमुख लागि उमेद्वार छानेको हो ।
नेपाली काँग्रेसले आफ्नो आधार इलाकाको रुपमा हर्ने गरेको यस गाउँपालिकामा नेपाली कांग्रेसको जित सुनिश्चि रहेको नेताहरुले बताई रहदा उमेद्वार समेत सर्वसम्मत छानिनुले जितको संकेत प्रष्ट देखिएको एक नेताले बताए ।
सांसद दिलमान पाख्रिनको गाउँपालिकाको रुपमा परिचित यस गाउँपालिकाको लागि काँग्रेसको तर्फबाट सर्वसम्मत उमेद्वार छानिए पछि नेता कार्यकर्ताहरु रणबहादुको नेतृत्वमा उठ्नेहरुलाई भोट्भाग्न प्रचार प्रसारमा लागेको धादिङ पोष्टलाई एक नेताले बताए । साविकको सत्यदेवी, दार्खा र झार्लाङ गाविस मिलेर बनेको यस गाउँ पालिकामा ५ वटा वडा रहेका छन् ।
को हुन् ? रणबहादुर तामाङ
नेपाल विद्यार्थी संघ हुदै नेपाली काँग्रेसको राजनितिमा २०३६ सालदेखि सक्रिय उनी दामन पाख्रिनि स्मिृति प्रतिष्ठानका अध्यक्ष समेत हुन् । नेपाली काँग्रेस धादिङका आमन्त्रित सदस्य उनी युवा व्यावसायीको रुपमा चिनिन्छन् । कृषिमा क्रान्ति गर्नु पर्छ र युवाहलाई विदेश पलायन हुनबाट रोक्ने क्षयमता कृषि क्षेत्रमा धेरै रहेको भन्दै अहिले उनी राजनिति संगै कृषि पेशामा पनि सक्रिय छन् ।
कफी खेती, गाई पालन र माछा पालन व्यावसायलाई उनले अगाडि बढाई युवाहरु माझ एक उदारणिय व्यक्तिको रुपमा प्रस्तुत समेत भएका छन् । मिजाशिला, नम्र, इमान्दार, लगनशिल र समाज सेवाको भावना भएका उनी विकास प्रेमी नेताको रुपमा परिचित छन् । प्रजातन्त्र पुन स्थापनाको लागि नेपाली काँग्रेसको तर्फबाट सशक्त रुपमा लागेका उनी नेपाली काँग्रेसको एक धरोहरको रुपमा चिनिन्छन् ।
यस अधि त्रिपुरासुन्दरीबाट बासु तिमल्सिनालाई काँग्रेसले पार्टी भित्रको सर्व सहमत उम्मेदवार घोषणा गरेको थियो ।