बलबहादुर सामरीद्वारा उम्मेदवारको दावी

Avatar photo
Dhadingpost
आइतवार, चैत्र २७, २०७३

धादिङ चैत्र २७ । धादिङका सबै जसो गाउँपालिका चुनावी तापक्रम बढेको छ, उम्मेदवारीको आकाँक्षीहरुले भोटमाग्ने काम समेत गरि रहेका छन् ।

विभिन्न गाउँपालिकामा देखिएका उम्मेदवारका आकाँक्षीहरुको बारे धादिङपोष्ट जनतामाझ चिनाउने काम गरि रहेको छ । उम्मेदवारको आकाँक्षी मध्य ज्वालामुखि गाउँपालिका वडा नं. २ मैदीका बलबहादुर सामरीले पनि आफु गाउँपालिका प्रमुखको लागि उम्मेदवारीको दावेदार रहेको बताएका छन् ।

नेपाल विद्यार्थी संघ मार्फत राजनितिका यात्रा सुरु गरेका सामरी अहिले राष्ट्रिय पर्यटन व्यवसायी संघ (Neat) नेपालका केन्द्रीय सदस्य हुन् । केहि वर्ष देखि पर्यटन व्यावसाय गर्दै आएका उनी नेपाली काँग्रेस धादिङ क्षेत्र नं. २ का क्षेत्रिय प्रतिनीधि र निर्वाचित क्षेत्रिय सदस्य समेत हुन् ।

चैत्र २० गते गाउँपालिका स्तरीय कार्यकर्ता भेटघाटको कार्यक्रमबाट आफुलाई उम्मेदवार बनाउन पार्टीलाई आग्रह गरेका सामरीले आफुलाई उम्मेदवार बनाए ५ वर्ष भित्र ज्वालामुखी गाउँपालिकालाई जिल्ला कै नमुना गाउँपालिकाको रुपमा विकास गराउने विशेष योजाना आफु सँग रहेको धादिङपोष्टलाई बताउनु भयो ।

नेपाली काँग्रेसका कृष्णमान शाक्य, राजेन्द्रप्रताप शाहहरु जस्ता अग्रजहरु पनि साझा उम्मेदवार बन्न सक्नु हुन्छ यस विषयमा नेपाली काँग्रेस गम्भीर बन्नु पर्छ गोजीबाट टिकट वितरण गर्न हुन्न । अग्रजहरुमा साझा उम्मेदवारको टुङ्गो लगाउन नसकिए नेतृत्व युवाले गर्नु पर्ने र त्यो युवाहरुको भिडमा आफु रहेको उनले दावी गरे । नेपाली काँग्रेस ज्वालामुखीले उम्मेदवारको लागि अझै केहि दिन कुर्नु पर्ने देखिएको छ ।
पार्टी निकट कार्यक्रममा सहभागि सामरीका केहि मुख्य तस्वीर

यसअघि प्रकाशित ज्वालामुखीका आकाँक्षी उम्मेदवारहरु
ज्वालामुखि गाउँपालिकाको आकांक्षी