धादिङ चैत्र २४ । धादिङमा रहेर पत्रकारिता गरि रहेका ठाकुर गुरुङले नेत्रावती गाउँपालिका प्रमुखको लागि उम्मेदवारी दिने भएका छन् ।२०६५ साल देखि नियमित पत्रकारिता गर्दै आई रहेका गुरुङ अहिले रेडियो बिहानीका स्टेशन म्यानेजर, जनजाति पत्रकार महाँसंघ धादिङ शाखाको अध्यक्षको भुमिकामा छन् ।
युवा पुस्ताका गुरुङ नेत्रावती गाउँपालिकाबाट माओवादी केन्द्रको तर्फबाट नेत्रावती गाउँपालिका प्रमुखको लागि उम्मेदवारी दिन लाग्नु भएको हो ।
नेत्रावती गाउँपालिकामा राम्रो छवि बनाएका गुरुङ चुनावी प्रचारको क्रममा अहिले उक्त गाउँपालिकामा छन् । पार्टीले उम्मेदवार बनाउने घोषणा गरि सकेको छैन तर आफुलाई उम्मेदवार बनाए जितेर देखाईदिने गुरुङले धादिङपोष्टलाई बताउनु भयो ।
३ वटा साविकका गाविसहरु मार्पाक सेमजोङ र कटुञ्जे मिलेर बनेको यस नेत्रावती गाउँपालिकामा ५ वर्डा छन् । १२ हजार ८ सय ७० जनसंख्या रहेको नेत्रावती गाउँपालिकामा गुरुङलाई माओवादी केन्द्रले उम्मेदवार बनाए जित्न गारो नपर्ने उक्त गाउँपालिकाका जानकारहरु बताउँछन् ।