धादिङ चैत्र २५। सरकारले वैशाख ३१ मा १८ बर्ष पछि घोषणा गरेको स्थानिय चुनावको प्रभाव धादिङमा उच्च देखिएको छ ।
१३ स्थानिय निकाय मध्ये २ नगरपालीका र ११ गाउँपालीका रहेको धादिङमा गाउँपालिका र नगरपालिकाको प्रमुख तथा मेयरको लागि आकांक्षीहरुले आफ्नो दावेदारी प्रस्तुत गर्ने क्रम दिन प्रति दिन बढ्दै गएको छ ।
धादिङमा बिशेष गरि कांग्रेस, एमाले र माओवादी केन्द्र बीचनै कडा प्रतिशपर्दा हुने देखिएको छ । उमेद्वारको मनोनयन दर्ता वैशाख १५ गते भएकाले कुनै पनि दलले औपचारिक उमेद्वार घोषणा नगरे पनि तिनै दलका आकांक्षीहरु उमेद्वारको टिकट पाउन दौड धुपमा छन् ।
यसै बीच धादिङ क्षेत्र नं २ का सांसद गुरु बुर्लाकोटीको घर रहेको ज्वालामुखि गाउँपालिकामा अन्य गाउँपालिकाको तुलनामा चुनावी चहलपहल बढी देखिन्छ । साविकको मैदी, ढोला, खरि र चैनपुर गाविस गाविएर यस गाउँपालिका बनेपछि जनसंख्याको तुलनामा सबै भन्दा धेरै मतदाता रहेको यस क्षेत्रबाट चुनाब जित्न सबै दलहरु कस्सिएर लागेका छन् ।
अहिले सबै दलले मतदाता आफ्नो पक्षमा तान्नको लागि विभिन्न चुनावी कार्यक्रम संचालन गरिरहेका छन् । कडा प्रतिशपर्धा हुने ठानिएको यस गाउँ पालिकामा आफुहरुको जित सुनिश्चीत रहेको नेताहरुको भनाई छ । यस गाउँपालिकामा विभिन्न राजनितिक दलका भिन्न भिन्न व्यक्तिहरु गाउँपालिकाको प्रमुखको आकांक्षीको रुपमा चिया पसल देखि मेलापात सम्म चर्चामा छन् ।
नेपाली कांग्रेस
देशकै ठुलो र पुरानो पार्टी नेपाली कांग्रसको तर्फबाट यस गाउँपालिकामा धेरै आकांक्षीहरु देखिएपनि निम्न नेताहरुको नाम सर्बत्र चर्चामा छ ।
विनोद तिमल्सेना
नेपाली कांग्रेस धादिङका जिल्ला सचिव समेत रहेका तिमल्सेना यस गाउँ पालिकाका प्रमुख दाबेदार हुन् । नेपाल विद्यार्थी संघको राजनितिबाट सकृय राजनिति सुरु गरेका उनी तरुण दल धादिङका अध्यक्ष, नेपाली कांग्रस धादिङ २ का दुई पटक क्षेत्रीय सभापति हुदै जिल्ला तहसम्म पुगेका हुन् । प्रखर वक्ता, निडर स्वभाव, र पेशा व्यावसाय नगरि राजनितिमा सकृय उनी मतदाता बिच लोक प्रिय उमेद्वारको रुपमा रहेको उनका निकटहरु बताउछन् । उनी द्धन्दकालमा तत्कालिन माओबादीले कारवाहीको सुचिमा राखेको र भौतिक आक्रमणबाट बच्न सफल व्यक्ति समेत हुन् ।
यमनाथ दनै
नेपाली कांग्रेसका माहासमिति सदस्य रहेका दनै २०५४ सालको स्थानिय निर्वाचनमा साविकको चैनपुर गाविसबाट २३ वर्षको उमेरमै नेपाली कांग्रेसको तर्फबाट उमेद्वार बनेका थिए । तत्कालिन समयमा एमालेबाट निर्वाचनको दिन भौतिक आक्रमण पछि मरेतुल्य अबस्थामा फालिएका उनले नेपाल विद्यार्थी संघबाट राजनिति सुरु गरेका हुन् । उनी नेपाली कांग्रेस धादिङको विभिन्न तह र तप्कामा सकृय रहि कार्य सम्पन्न गर्दै आएका छन् । व्यावसाय राजनिति संगै अगाडि बढाएका उनी एक प्रखर वक्ताको रुपमा चिनिन्छन् ।
नरेन्द्र भट्ट
नेपाली कांग्रेस धादिङका जिल्ला कार्य समितिका सदस्य रहेका भट्ट प्रमुख दावेदार मध्ये कम उमेरका युवा हुन् । नेपाली कांग्रेस धादिङको गतिबिधिलाई बिभिन्न माध्यमबाट सशक्त रुपमा प्रकाशन, प्रसारण गर्दै प्रबिधिलाई सफल रुपमा प्रयोग गर्न सिपालु उनी नेपाली कांग्रेस धादिङले प्रकाशन गरेको फोन डायरी, बुलेटीन प्रकाशन, क्यालेण्डर प्रकाशनको एक प्रमुख पात्र हुन् । अधिकांस युवाहरुको रोजाइमा रहेका उनलाई उमेद्वार बनाउन युवाहरुको तिव्र चाहाना छ । स्नाकोक्तर तह सम्मको अध्यायन गरेका र कानुनको विद्यार्थी उनी नेवी संघ बराह कालिका मावि ढोलाको इकाई अध्यक्ष हुदै राजनितिमा उदयमान भएका हुन् । नेवी संघ निलकण्ठ क्याम्पसका अध्यक्ष रहदै संगठ निमार्णमा लगातार सकृय रहि विभिन्न प्रशिक्षण कार्यक्रमबाट विद्यार्थीको मन जित्न सफल उनी युवाहरु को बिचमा निकै लोकप्रिय छन् । स्पष्ट वक्ता, इमान्दार र निष्ठाको राजनिति गर्न रुचाउने उनी स्थानिय तहको अधिकारको विश्लेषण सहितको घोषण पत्र तयार पारी ५ वर्षे कार्य योजना सहित गाउँ पालिकाको प्रमुखको आकांक्षीका रुपमा रहेकाछन् ।
टिका काप्री
नेपाली कांग्रेस धादिङको राजनितिमा लामो समय देखि सक्रिय काप्री नेपाल विद्यार्थी संघको राजनिती हुदै कांग्रेसको राजनितीमा आएका उदयमान नेताका रुपमा चिनिन्छन् । साबिकको खरि गाबिसको राजतितिमा अग्र भागमा रहेका काप्री आफुले यस क्षेत्रबाट भारी मतले चुनाब जित्ने बताउछन् । सामान्य अबस्थाबाट एक सफल व्यावसायी बनेका उनी विकास प्रेमी, भ्रष्टचार बिरोधी र खरी कांग्रेसलाई उर्जा दिने नेताका रुपमा चिनिन्छन् ।
रणबहादुर शाही
लामो समयसम्म नेपाली कांग्रेस धादिङको राजनितिमा सक्रिय शाही २०५४ सालको स्थानिय निर्वाचनमा साबिकको मैदी गाविसबाट उपाध्यक्षमा प्रत्याशी थिए । लगातार ३ कार्यकालसम्म नेपाली कांग्रेस मैदीका सभापति रही कार्य गर्दै आएका उनी हक्की, निडर र जुजारु नेताको रुपमा चिनिन् । यस गाउँपालिकामा साविकको गाविस मध्ये सबै भन्दा बढी मतदाता र वडा मैदीमा नै रहेकाले भौगोलिक र जनसंख्याको आधारमा पनि उनी नै गाउँपालिकाको प्रमुख बन्नु पर्ने उनी निकट नेताहरु बताउछन् ।
नेकपा एमाले
एमालेबाट निर्वाचित सांसद गुरु बुर्लाकोटीको गाउँपालिकाको रुपमा चिनिने यस गाउँ पालिकामा निम्न व्यक्तिहरु एमालेबाट प्रमुख आकांक्षी रहेको कुरा चर्चामा छ ।
रामप्रसाद अधिकारी
लामो समयसम्म शिक्षण पेशामा रही २०५४ सालको स्थानिय निर्वाचनमा साविकको मैदी गाविसबाट अध्यक्ष बनेका अधिकारी एमाले भित्रका बौद्धिक नेता मानिन्छन् । नेकपा एमाले राष्ट्रिय परिषद सदस्य उनी नम्र र मिजाशिला स्वभावका व्यक्ति हुन् । एमाले भित्र अबसरबाट बञ्चित रहेका उनी स्थानिय चुनावमा प्रमुखको लागि एक सशक्त नेता रहेका उनी निकट व्यतिmहरु बताउछन् । विकास प्रेमी नेताको रुपमा चिनिएकाले उनले चुनाब जित्ने एमालेका एक नेताले धादिङ पोष्टलाई बताए ।
खेम पाठक
एमाले भित्र प्रभावशाली व्यक्तिको रुपमा चिनिने पाठक साना किसान बैकको केन्द्रिय अध्यक्ष समेत हुन् । २०४३ सालमा प्रधानपञ्च बनेका उनी २०४९ साल र २०५४ सालमा साबिकको चैनपुर गाविसको अध्यक्ष समेत रही कार्य गरि सकेका छन् । निरन्तर जनताको सेवामा कृयाशिल उनी खरो, हक्कि र निडर स्वाभाबका नेता मानिन्छन् । गुरु बुर्लाकोटीलाई धादिङ क्षेत्र नं २ को सांसद बनाउन ठुलो भुमिका खेलेका उनी एमाले भित्र पकड राख्ने नेताको रुपमा चिनिन्छन् ।
जानुका सिँखडा
एमाले धादिङको राजनितिमा सक्रिय सिंखडा २२ वर्ष अखिल नेपाल महिला संघ धादिङको अध्यक्ष भएर काम गरी सकेकी छिन् । २०५६ सालमा ने.क.पा एमाले धादिङको सदस्य हुदै २०६३ सालमा अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य भएकी उनी २०६७ सालको अनेम संघको छैटौ पोखरा सम्मेलन बाट बाग्मती अञ्चल इन्चार्ज र स्थायी समिति सदस्य भइन । दुइ पटक सम्म पर्टीले सभासद्को लागि समानुपतिकको सुचीमा राखे पनि सभासद् भने बन्न नसकेकी उनले आफ्नो सम्पुण जीवन नै राजनीतिमा समर्पण गरेकी छिन् । अनबरत राजनितिमा लागेकी उनी अविवाहित समेत हुन् । उनलाई उमेद्वार बनाएको खण्डमा अत्याधिक मत सहित चुनाव जित्ने उनी निकट नेताहरु बताउछन् ।
नेकपा माओवादी केन्द्र
राजेश अधिकारी
माओवादी केन्द्र ज्वालामुखी गाउँपालिकाका इन्चार्ज राजेश अधिकारीले गाउँपालिका प्रमुखको लागि दावेदार रहेको बताएका छन् । पार्टीले कस्लाई उम्मेदवार बनाउँछ आफु मान्न तयार छु तर म आफु पनि यस गाउँपालिकामा रहेको सामाजिक काम गर्दै आएको नाताले पार्टीले टिकट दिए पछि नहट्ने बताउनु भयो । वाइसिएल धादिङका जिल्ला अध्यक्ष समेत रहेका अधिकारी माओवादी केन्द्र धादिङको जिल्ला समिति सदस्य हुन् ।
बोदनारायण श्रेष्ठ
आफुलाई सामाजिक कार्यकर्ता भन्न रुचाउने बोदनारायण श्रेष्ठ पनि गाउँपालिका प्रमुखको लागि माओवादी केन्द्रले टिकट दिए पछि नहट्ने बताउनु भएको एक माओवादी केन्द्रका नेताले बताए । बोदनारायण श्रेष्ठ केहि समय देखि माओवादी केन्द्रको कुनै पदमा नदेखिए पनि जनतामा स्थापित रहेकाले उनी माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बन्न तयार रहेको स्रोतले बतायो ।