माओवादी केन्द्र गंगाजमुनाले ४ जना उम्मेदवारको नाम सिफारिस

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २५, २०७३

धादिङ चैत्र २५ । नेकपा माओवादी केन्द्र गंगाजमुना गाउँपालिकाको उम्मेदवार छान्न ४ जनाको नाम सिफारिस परेको छ ।

गाउँपालिकाको सिफारिस गर्न बसेको वैठकले ४ जना मध्य १ जनालाई उम्मेदवार बनाउने गरि जिल्लामा सिफरिस गरेको हो । माओवादी केन्द्र धादिङका उपाध्यक्ष रामबहादुर भण्डारीले त्यस्तो विवाद केहि हैन माओवादी केन्द्रको केन्द्रिय समितिले बनाएको कार्यविधि अनुसार नै ३ जनालाई उम्मेदवारको रुपमा सिफारिस गर्नु पर्छ १ जना बढी भएको हो हामी जिल्लामा बसेर टुङ्ग्याउँछौं । उम्मेदवार कस्लाई बनाउने अन्तिम टुङ्गो जिल्ला समितिले लगाउने हुँदा ४ जनाको नाम सिफारिस गरिएको बताउनु भयो ।

एकीकृत शिक्षक संगठनका जिल्ला अध्यक्ष नवराज अधिकारी, राजन अधिकारी शेरबहादुर गुरुङ र होमबहादुर ढकाल मध्य १ जनालाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउन सिफरिस गरेको हो ।

यस्तो छ माओवादी केन्द्रको उम्मेदवार छान्ने विधि
उम्मेदवार छनौट गर्दा एक पदमा लागि तीन जनाको नाम आफूभन्दा माथिल्लो कमिटीमा प्रस्ताव गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । उम्मेदवार छनौट गर्दा हरेक एक पद बराबर तीनजना वैकल्पीक उम्मेदवार प्रस्ताव गर्नुपर्नेछ । जस्तै गाउँपालिका प्रमुखका लागि ३ जना, उपप्रमुखका लागि ३ जना, सदस्यका लागि तीन जना । त्यसरी आएका नामका आधारमा त्यसभन्दा माथिल्लो कमिटीले एक कुशल उम्मेदवार छनौट गरी आफूभन्दा एकतह माथिल्लो कमिटीबाट स्वीकृत गराउनु पर्नेछ । त्यसपछि मात्र स्थानीय तहको आधिकारिक उम्मेदवार छनौट हुने माओवादी केन्द्रको कार्यविधिमा उल्लेख छ ।

वडा प्रमुख वा सदस्यको उम्मेदवार छनौट विधि
स्थानीय तहको चुनावमा गाउँपालिकारनगरपालिकाको वडा प्रमुखरसदस्यका लागि टिकट लिन वडा पार्टी कमिटीले एक पद बराबर तीन जनाको नाम गाउँ पार्टी कमिटीमा सिफारिस गर्नेछ । र गाउँ पार्टी कमिटीले उक्त नामावलीमध्येबाट एक जना उम्मेदवार अनुमोदन गरी जिल्ला कमिटीको स्वीकृत लिनुपर्नेछ । त्यसपछि मात्र वडाले उम्मेदवार पाउनेछ ।

गाउँ र नगरपालिका प्रमुख वा सदस्यहरुका लागि

माओवादी केन्द्रको तर्फबाट गाउँपालिका वा नगरपालिका प्रमुखरसदस्य हुन प्रदेश कमिटीको अनिवार्य स्वीकृति लिनुपर्नेछ । गाउँपालिका वा नगरपालिका पार्टी कमिटीले एक पद बराबर तीनजना उम्मेदवारको नाम जिल्ला पार्टी कमिटीमा सिफारिस गर्नेछ । जिल्लाले त्यसमध्ये एकजना योग्य उम्मेदवार अनुमोदन गरी उक्त उम्मेदवार छनौटको आधार सहित स्वीकृतिका लागि प्रदेश कमिटीमा पठाउनु पर्नेछ । प्रदेश कमिटीले प्रस्तावित उम्मेदवारको नाम स्वीकृत गरेमा मात्र उक्त उम्मेदवारले गाउँपालिकारनगरपालिकाको उम्मेदवारको रुपमा स्थानीय चुनाव लड्न पाउने छ ।

यस्तै उपमहानगरपालिकाको मेयरका लागि पनि प्रदेश कमिटीको स्वीकृति चाहिने छ । जिल्ला कमिटीले अनुमोदन गरेपछि प्रदेश कमिटीले त्यसको आधार हेरेर मात्र उम्मेदवार बनाउन सक्नेगरी माओवादी केन्द्रले कार्यविधि बनाएको छ ।

महानगरपालिकाको मेयर बन्न पार्टी केन्द्रको स्वीकृत
माओवादी केन्द्रले महानगरपालिकाको मेयरको उम्मेदवार तोक्ने जिम्मा भने केन्द्रीय समितिलाई दिएको छ । महानगरपालिकाको उम्मेदवार बन्नका लागि जिल्ला कमिटीले सिफारिस गरेर प्रदेश कमिटीले अनुमोदन गर्नुपर्नेछ । त्यस्तो व्यक्तिलाई पार्टी केन्द्रले अध्ययन गरी स्वीकृत गरेपछि मात्र महानगरपालिकाको उम्मेदवार बन्न सक्नेछ ।