धादिङ चैत्र २३ । धादिङ उत्तरीक्षेत्रमा पर्ने पर्यटकिय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको रुबीभ्याली गाउँपालिकामा वैशाख ३१ गते हुन लागेको चुनावमा को-को छन् प्रमुख बन्ने दौडमा सबैको चासो हुन थालेको छ ।
लापा, सेर्तुङ र तिप्लिङ साविकका गाविस मिलेर बनेको यस रुबीभ्यालीमा प्रतिस्पर्धी पार्टी ४ वटा छन् । ४०१.८५ वर्ग किलो मिटर क्षेत्रफल भएको यस गाउँपालिकामा ९ हजार ६ सय ६५ जनसंख्या रहेको छ । यस गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
रुबीभ्याली ट्रेकिङको ट्रेल अडिट सर्भे भईसकेको र प्रचुर पर्यटकिय सम्भावना बोकेको यस गाउँपालिकाको प्रमुख बन्ने दौडमा सबै पार्टीमा प्रतिस्पर्धी एक भन्दा बढी उम्मेदवारका दावेदार देखिएका छन् । दलहरुलाई उम्मेदवार छान्न सकस देखिने यस गाउँपालिकामा प्रमुख बन्ने अनुहारहरु यी हुन् ।
नेपाली काँग्रेसबाट २ जना
कुलबहादुर गुरुङ
नेपाली काँग्रेसको उत्तरी क्षेत्रका नेताका रुपमा चिनिन्छन् कुलबहादुर गुरुङ । उनी गणेश हिमाल पर्यटन विकास समितिको अध्यक्ष समेत भैसकेका पर्यटन व्यवसायी हुन् । पर्यनटलाई बुझेको र रुबीभ्यालीलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गराउने भिजन आफुमा भएकोले पार्टीले टिकट दिनु पर्ने दावी गरि रहेको नेपाली काँग्रस स्रोतले बतायो ।
फेलामा तामाङ
नेपाली काँग्रेस नीकट तामाङ संघ धादिङका अध्यक्ष सबै कुरा राजनीतिले निर्धारण गर्ने हुँदा र आफु राजनीतिमै क्रियाशिल भएका कारण उत्तरी क्षेत्र रुबीभ्याली गाउँपालिकाको उम्मेदवारी दिने सोचमा रहेको बताएका छन् ।
नकपा एमालेबाट ३ जना
जिवन तामाङ
नेकपा एमालेका जिल्ला समिति सदस्य जिवन तामाङ उत्तरी क्षेत्रका सक्रिय एमाले नेता हुन् । धादिङबेसी बसे पनि उत्तरी क्षेत्रको राजनीतिको नेतृत्व गर्दै आएका तामाङ आफूलाई उम्मेदवारी बनाउन पार्टी सँग अनुरोध गरि सकेको बताएका छन् ।
रेशम तामाङ
संसद धनबहादुर घलेका पूर्व स्वकिय सचिव रेशम तामाङ पनि रुबीभ्याली प्रमुख बन्ने दौडमा छन् । रुवीभ्यालीको विकास र उन्नतीका लागी आफु सँग विशेष योजना रहेको बताउने तामाङ पार्टीको स्वीकृतीको पर्खाइमा छन् ।
यस्तै एमालेबाट प्रज्वल तामाङ र नरमान तामाङ पनि उम्मेदवारीको आकाँक्षीका रुपमा रहेको एमाले स्रोतले बतायो ।
माओवादी केन्द्रबाट ४ जना
रामसिंह तामाङ
नेकपा माओवादी केन्द्र रुवीभ्याली गाउँपालिकाका इन्चार्ज रामसिंह तमाङ संसद रविन्द्रप्रताप शाहको स्वकीय सचिव हुन् । माओवादी केन्द्र जिल्ला समिति सदस्य समेत रहेका तामाङ स्थानिय शान्ति समिति सदस्य, नेपाल तामाङ घेदुङ धादिङका अध्यक्ष, गणेश हिमाल सामुदायीक अध्ययन केन्द्रका अध्यक्ष तथा च्याम्रादेवि माविका पूर्व व्यवस्थापन समिति अध्यक्ष हुन् । आकाँक्षीहरुको भीडमा आफ्नो नाम अगाडी रहेका दावी गर्ने तामाङ आफुलाई पार्टीले टिकट दिनेका विश्वस्त छन् ।
कर्मा लामा
माओवादी केन्द्र रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रहेका कर्मा तामाङ आफुलाई जनप्रयि भन्न रुचाउँछन् । म जनताको बीचमा छु, सबैले चिन्छन् जनताको भावना र मर्म अनुसार चल्ने नेता अहिलेको आवश्यकता हो पार्टीले जित्नेलाई टिकट दिने मापदण्ड बनाएको छ । म चुनाव जित्न सक्छु त्यसैले उम्मेदवाको आकाक्षी भएको पार्टीलाई बताई सकेको बताउँछन् ।
त्यस्तै सह इन्चार्ज हेमथापा र सुक तामाङ पनि उम्मेदवारका आकाँक्षी रहेको माओवादी केन्द्र स्रोतले बतायो ।
राप्रपा
गोम्बा घले
नेता बुद्धिमान तामाङका आफन्त गोम्बा घलेले यस अघि नै आफू उम्मेदवार बन्ने बताई सकेका छन् । उनले रुबीभ्यालीको समग्र विकासको लागि आफुले दीर्घकालीन योजना बनाएर सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यटन लगायत विषयमा काम गर्ने योजना अनुरुप उम्मेदवारी दिनलागेको बताएका छन् ।
चेरोङ तामाङ, सिंहबहादुर तामाङ पनि राप्रपाको तर्फबाट उम्मेदवारी बन्ने आकाँक्षी हुन् ।