सिद्धलेकमा उर्लियो जनमास, काँग्रेस हौसियो

Avatar photo
Dhadingpost
बुधबार, चैत्र २३, २०७३

धादिङ चैत्र २३ । नेपाली काँग्रेस धादिङको निर्धारित आमसभा कार्यक्रम अन्र्तगत सिद्धलेकमा सोचे भन्दाबढी जनमास देखियो ।

नेपाली काँग्रसका जिल्ला स्तरका प्राय सबै नेता पुगेका सोमबार सिद्धलेक गाउँपालिकाको आमसभा स्थल बुङ्चुङमा उल्लेख्य जनताहरुको उपस्थिति भएपछि काँग्रेस हौसिएको हो ।

चुनाव जित्न मतदाता नामवलीमा नाम चाहिन्छ, तर हिजोको मास हामीले सोचेभन्दा बढी भयो मासको उपस्थिति हेर्दा सिद्धलेक काँग्रेस मय भएको मान्न सकिन्छ सभामा सहभागि एक नेताले बताए । त्यसो त यस गाउँपलिकामा रहेका साविकका गाविसहरु सलाङ र नलाङ कुम्पुरमा एमाले पहिलो काँग्रेस दोस्रो माओवादी केन्द्र तेस्रो रहेको यसअघिको निर्वाचनको परिणामले देखाउँछ ।

निर्वाचनमा सँधै एकै किसिमको रिजल्ट आउँदैन अहिले यी ३ वटै पार्टी घम्सा घम्सीमा छन् एमाले नै बलियो भन्ने आधार पनि छैन प्रतिस्पर्धा यहि ३ पाटीमा हुने स्थानिय जानकारहरु बताउँछन् ।