धादिङ चैत्र २२ । नेकपा माओवादी केन्द्रका सचिवलय सदस्य मणि थापाले स्थानिय तहको निर्वाचनको लागि वाइसिएल गाउँ-गाउँमा परिचालन गरिएको बताउनु भएको छ ।
माओवादी केन्द्रको युवा संगठन वाइसिएल धादिङको एकता भेलामा नेता थापाले चुनाव प्रचारका लागि वाइसिएल संगठित रुपमा गाउँ गाउँ पुगेको छ । माओवादी केन्द्रको एजेण्डा कार्यन्वयन हुँदैछ । स्थानिय तहको निर्वाचन माओवादी केन्द्रले नै जित्नु पर्छ अब पैसा बाडेर चुनाव जित्छु भन्नेहरुका पैसा वाइसिएलले कब्जा गरि निर्वाचन आयोगलाई बुझाउने समेत थापाले बताउनु भएको थियो ।
कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य पुष्पविक्रम मल्ल, जिल्ला अध्यक्ष शालिकराम जमकट्टेल, उपाध्यक्ष रामबहादुर भण्डारी लगायत जिल्ला पदाधीकारीहरु लगायतको अतिथ्यता रहेको थियो ।