प्रेम बहादुर घले,
धादिङ चैत्र २२ । धादिङका विभिन्न नगर गाउँपालिका वर्डामा चुनावी चपहल पहल बढ्दो छ, विभिन्न दलका नेता तथा कार्यकर्ता स्थानिय तहको निर्वाचनमा उम्मेदवारको आकाक्षी भएको बताउन थालेका छन् ।
धादिङपोष्टले आकाक्षीहरुलाई मतदातामाझ लैजाने प्रयास गरि रहेको छ । आकाँक्षीहरु मध्य पर्नुभएको छ गङ्गाजमुना गाउँपालिकाको प्रमुखका लागि नेकपा एमालेबाट नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा गुम्दीका पूर्व उपाध्यक्ष विष्णु सिंखडा, आफु यसअघि पनि गाविस संचालन गरेकोले विकासका लागि एमालेले आफुलाई उम्मेदवार बनाउने दावी गरेका छन् ।
उम्मेदवार हेरेर जनतालले भोट हाल्छन् किनकी गाउँपालिका समृद्ध बनाउनु छ । आफु गाउँमा बसेर सिमित अधिकार हुँदा त काम गरियो अहिले प्रयाप्त अधिकार हुँदा छाड्ने कुरै आउँदैन भन्ने गरेका सिंखडा गङ्गाजमुना गाउँपालिकाबाट उठ्न लागेको गङ्गाजमुनाका एक एमाले कार्यकर्ताले बताए ।