चुनावले तात्दै नीलकण्ठ, मेयरका आकाक्षीहरु अनुहारहरु यी हुन्

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र २२, २०७३

धादिङबेसी, चैत्र २२ । बैशाख ३१ गते हुन गहिरहेको स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरु चुनावी योजना बोकेर गाउँ-गाउँ पुगि सकेका छन् । सबै दलले मुलुक परिवर्तन र जनताका अधिकारको भागिदार आफैभएको हरप्रयासले प्रमाणित गर्न लागि परेका छन् ।

संसदीय राजनीतिमा जनताको मत बाहेका केहि हैन, यहि भावनाका साथ जनताकोमा पुगेका दलहरुलाई उम्मेदवार छान्न धौ–धौ पर्ने स्थिति पैदा हुँदै गहिरहेको छ । वडा देखि नै उम्मेदवारका आकाँक्षीहरु १ भन्दा बढी देखिन थालेका छन् । विगतका चुनावहरु भन्दा पृथक अधिकार रहने हुँदा पनि उम्मेदवारहरुको आकाँक्षी बढेका राजनीतिक विश्लेषकहरुको दावी छ ।

धादिङको सदरमुकाम र आसपासका साविकका गाविस मिलाएर बनेको नीलकण्ठ नगरपालिकालाई विशेष रुपमा हेरिएको छ । नीलकण्ठ नगरपालिकालाई विशेषत ३ पार्टी काँग्रेस एमाले र माओवादी केन्द्रले आफ्नो जनमत धेरै रहेका दाबी गरि रहेका छन् । त्यसो त विगतको चुनावी नतिजालाई आँकलन गर्ने हो भने साँङ्कोष मुरलीभञ्ज्याङमा र नीलकण्ठमा काँग्रेस बलियो देखिन्छ । त्यस्तै सुनौलाबजार र धुवाँकोटमा माओवादी केन्द्र बलियो देखिन्छ । खाल्टेमा एमाले र माओवादी केन्द्र प्रतिस्पर्धा, ज्यामरुङमा काँग्रेस र माओवादी केन्द्र प्रतिस्पर्धा हुन आँकलन गर्न सकिन्छ । धादिङ जिल्लाको समग्र राजनीतिलाई नजिकबाट नियाली रहेका राजनीतिक जानकारहरु यो स्थानिय निकायको चुनावलाई दल सँग दाँजेर मात्र हेर्दा परिणाम गलत आउने बताउछन् ।

यो स्थानीय तह पुनर संरचना पछिको चुनाव भएकोले जनताले सक्षम र काम गर्ने व्यक्तिलाई मतदान गर्ने हुँदा कस्ले कस्ता उम्मेदवार ल्याउँछन् त्यसले मात्र जीतको नजिक पुगेर विष्लेशण गर्न सकिन्छ जानकारहरु बताउँछन् । चासोको केन्द्र सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकामा को–को छन् आकाँक्षी ? चासोको विषय बनेको छ ।

१४ वटा वडामा विभाजित नीलकण्ठ नगरपालिका जिल्ला सदरमुकाम रहेको नगरपालिका हो । ५८ हजार ५ सय १५ जन सङ्ख्या रहेको यस नगरपालिका नीलकण्ठ, साङ्कोष, ज्यामरुङ, धुवाँकोट, खाल्टे, सुनौलाबजार र मुरलीभञ्ज्याङ साविका गाविस मिलेर बनेको नगरपालिका हो ।

जिल्ला सदरमुकाम रहेको यस नगरपालिका भएको हुनाले पनि मेयरका आकाँक्षीहरु धेरै देखिएका छन् । नीलकण्ठ नगरपालिकालाई विशेषत ३ पार्टी काँग्रेस एमाले र माओवादी केन्द्रले आफ्नो जनमत धेरै रहेका दावी गरि रहेका छन् । अहिले सम्म मेयरका लागि देखिएका दाबेदार अनुहारहरु यी हुन् ।

काँग्रेसमा ४ जना
भिमप्रसाद ढुङ्गाना

नेपाली काँग्रेस धादिङका प्रभावशाली र खरो नेताका रुपमा चिनिने नेता भिमप्रसाद ढुङ्गाना मेयरका आकाँक्षी हुन् । पार्टी भित्र देखिने गुट संघर्षमा देउवा निकट देखिने उनी प्रभावशाली रहँदा रहँदै पनि जिल्लामा कमजोर देखिने गरेका छन् । समाजिक काममा निकै सक्रिय ढुङ्गानाले एक्सन नेपाल मार्फत धादिङका विभिन्न गाउँपालिका र विशेषत नीलकण्ठ नगरपालिका भित्र धेरै काम गरेका छन् । मुरलीभञ्ज्याङलाई आफ्नो भोट बैंक बनाएर राखेका छन् भने साँङकोसलाई रमेश धमलाले भोट बैंक बनाएर बनाएर राखेका छन् । नेपाली काँग्रेस भित्र ढुङ्गानालाई उम्मेदवार बनाए सजिल्यै जित्ने अड्कलबाजी गरिन थालिएको छ ।

नारायणकुमार श्रेष्ठ
नेपाली काँग्रेस भित्रका युवा निर्माण व्यवसायीका रुपमा परिचित नाराणय कुमार श्रेष्ठ पनि मेयरका दावेदार हुन् । उनी नीकट स्रोतका अनुसार उनी कुनै पनि हालतमा उम्मेदवारी दिनबाट पछि नहट्ने मनस्थितिमा छन् । रामनाथ अधिकारी निकट रहेका श्रेष्ठले पार्टीलाई समेत दवाव दिई जित्ने उम्मेदवार आफु भएको र जित्नका लागि आफुलाई उम्मेदवार बनाउनु पर्ने माग गरि रहेको स्रोत बताउछ ।
यस्तै काँग्रेसबाट गोविन्द लम्साल र कल्पना अधिकारी पनि मेयरको आकाक्षी छन् ।

माओवादी केन्द्रबाट ५ जना
कमल सापकोटा

माओवादी केन्द्रका युवा पुस्ताका नेता संकटकाल देखि नै पार्टी कमिटीमा रहेर काम गरि रहेका ज्यमरुङका पर्यटन व्यवसायी कमल सापकोटालाई मेयरको आकाँक्षीको रुपमा हेरिएको छ । माओवादी महादिवेशन आयोजक समिति सदस्य सापकोटा नीलकण्ठ नगरपालिकामा पार्टीले टिकट दिए मेयर बन्ने लाईनमा छन् ।

मनराज भण्डारी
माओवादी केन्द्र महादिवेशन आयोजक समिति सदस्य मनराज भण्डारी जनयुद्ध देखि सक्रिय छन् । पार्टीको जिल्ला सह सचिव रहेका भण्डारी अहिले वडा सम्मेलन देखि नगर सम्मेलन सम्म निकै दौडधुपका साथ काम गरि रहेका छन् । आफु मेयरको दावेदार रहेको खुल्ला नबताए पनि उनी नीकट स्रोतका अनुसार सक्रियता र क्रियाशिलताका आधारमा पार्टीले आफुलाई मेयरको उम्मेदवार बनाउने ढुक्क छन् ।

यस्तै पत्रकार ओम शर्मा र व्यवसायी धुर्व थापा र युवराज खतिवडा पनि पार्टी भित्र मेयर बन्ने मनसायले बहस सुरु गरेका छन् । शर्मा, खतिवडा खाल्टे र थापा नीलकण्ठका हुन् ।

एमालेबाट ४ जना
चक्रबहादुर भण्डारी

नयाँ शक्ति केन्द्रिय परिषद सदस्य तथा तात्कालिन माओवादीका पुराना नेता हुन् । केहि दिन पहिला एमालेको नेपाल पक्ष र नयाँ शक्तिका नेताहरुले सदरमुकाम धादिङबेसीमा गोप्य वैठक बसी नयाँ शक्तिका भण्डारीलाई मेयर बनाउने सहमति गरेका छन् । एमालेले सहयोग गरे भण्डारी कडा प्रतिस्पर्धी उम्मेदवार हुने आकलन गरिएको छ ।

पार्वतीखाँड ठकुरी
एमाले पार्टी अध्यक्ष ओलि नीकट कार्यकर्ताले अध्यारो कोठामा बसेर गरिएको भनिएको नयाँ शक्तिलाई मेयर दिने सहमति नमान्ने भन्दै महिलालाई मेयर बनाउने तयारी स्वरुप पार्वती खाँड ठकुरीलाई अगाडी सार्ने तयारी गरेका छन् । सहकारी आन्दोलनको नेता धादिङबेसीकी ठकुरी एमाले एक भएर भोट हाल्ने हो भने कसै सँग तालमेलको जरुरत नरहेको र पार्टीले आफुलाई टिकट दिए जितेर देखाइदिने उनी नकिट स्रोतले बतायो ।

एमालेमा धादिङबेसी घर भएका यस अघिका युवा संघ अध्यक्ष तथा सशक्त युवा नेता अर्जुन गोरखाली र धुँवाकोट घर भएका डा. रामकुमार अधिकारीले पनि मेयर उम्मेदवारीका लागि कसरत गरि रहेको बुझिएको छ ।
आज धादिङबेसीबाट प्रकाशित भएको सूचक सन्देश साप्ताहिकले खबर प्रकाशित गरेको छ ।