बाबुराम श्रेष्ठ,
चैत्र २१ । मुग्लिन सडकखण्ड अन्तर्गत घुमाउनेमा सोमबार पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा लम्जुङ सुन्दर बजार ३ भोटओडार बस्ने ४५ वर्षीय रेशराज राना रहेका छन् । बा १० प ४८४४ नम्बरको मोटरसाईकल सवार रेशमराज रानाको घटना स्थलमै मृत्युभएको हो । उनको मोटरसाइकल पछाडी बसेका १५ वर्षका छोरा सन्दीप राना घाइते भएका छन् ।
उनको भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै नां ४ ख ५४१९ नम्बर को ट्याङकरका सह चालकको समेत मृत्युभएको छ । उक्त ट्याङकरका चालक पर्सा जिल्ला लछुमनवा १८ वस्ने ३६ वर्षका बनुपटेल समेत घाइते छन् । पहिरोले पाँचवटा भन्दा बढी सवारी साधन पुरिएको छ । पुरिएको सवारी साधन मध्ये दुईवटा सवारी साधनको केही भाग मात्रै देखिएको छ ।
मालबाहक ट्रक, टाटा मोबाइल, कार र टयाङकर सँगै केही मोटरसाइकलहरु पनि पुरिएको प्रहरीले आशंका गरेको छ । सडक खण्ड स्तोरन्नतीको क्रममा रहेको सो सडकखण्ड गत मंगलवारबाट बिहान १० बजेदेखि ४ बजेसम्म बन्द हुने भएपनि ताकिएको समय भन्दा अगाडि नै नै छुटेका सवारी साधन पहिरोमा पुरिएका हुन् । भरतपुर महानगरपालिका अन्तरगत २९ नम्बर वडामा पर्ने घुमाउने स्थानमा पहाडबाट खसेको ढुङगा सहितको ढिस्को खसेको थियो । ईलाका प्रहरी कार्यालय मुग्लिनको टोलीको नेतृत्वमा स्काभेटरको प्रयोग गरि पहिरो पन्छाउने कार्य भईरहेको छ ।
चितवनको पहिरो गएको स्थाानममा उप प्रधान एव्म गृहमन्त्री विमलेन्द्र निधिले मुग्लिङ– नारायणगढ सड्क खण्ड अन्तर्गत घुमाउनेमा सुख्खा पहिरोमा परेकाहरुको उद्धार कार्यमा लाग्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी घटना स्थल पुगि सकेका छन् । राजमार्गमा खसेका पहिरो हटाउनका लागि तहुँनबाट हेक्साभेटर घटना स्थल पुगेको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिनुभयो ।