त्रिपुरासुन्दरी गॉंउपालिकाको अध्यक्षका आकाँक्षी

Avatar photo
Dhadingpost
सोमवार, चैत्र २१, २०७३

नेतै नेताको गाउँपालिका भनेर चिनिने त्रिपुरासुन्दरी गाउँपालिकामा चुनावी माहौल बढेको छ । उम्मेदवारको टिकट लिन जनतादेखि नेता सम्म लबिङ् सुरुभएको छ । विशेषत नेपाली काँग्रेस माओवादी केन्द्रका नेताहरु यतिबेला अध्यक्षको लागि टिकट लिन दौडधुपमा छन् । अहिले सम्म अध्यक्षका लागि बाहिर आएका दावेदार अनुहारहरु यी हुन् ।

नेपाली काँग्रेसबाट ४ जना आकाँक्षी
१. वासु तिमल्सिना

नेपाली कांग्रेस धादिङको जिल्ला नेतृत्वमा रहेर लामो समय देखी राजनीति गर्दै आउनु भएका बौद्धिक व्यक्तित्व भनेर जिल्ला देखि केन्द्रसम्म चिनिएका नेता वासु तिमल्सिना त्रिपुरासुन्दरी गॉंउपालिकाको अध्यक्षका आकाँक्षी हुन् ।
विद्यार्थी जिवनदेखी नेपाली कांग्रेस प्रति आस्थावान रहदैं नेपाल विद्यार्थी संघको राजनीतिबाट आफ्नो राजनीति शुरूवात गरेका तिमल्सिना स्वतन्त्र विद्यार्थी युनियनको सभापति देखि नेपाली कांग्रेस धादिङको पटक पटकको महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथ पार्टीको जिल्ला सचिव भएर काम गरिसकेका छन् । २०४९ र २०५४ को स्थानीय निकायको निर्वाचनमा जनप्रतिनिधि बनी तत्कालीन समयमा जिविस सदस्य सम्म बनेका तिमल्सिनाको कार्यसम्पादनमा राम्रो अनुभव छ ।

२. फणिकान्त छत्कुली
नेपाली कांग्रेस धादिङका उपसभापति भै सकेका अर्का नेता फणिकान्त छत्कुली पनि त्रिपुरासुन्दरी गॉंउपालिकाको अध्यक्षका आकाँक्षी हुन् । नेपाली कांग्रेस धादिङको गन्यमान्य नेतामध्यमा पर्ने छत्कुली आफ्नो जिवनमा राजनीतिक यात्रा नै नेपाली कांग्रेसबाट शुरूवात हुन् । यस अघि सल्यानटार गाविसबाट गाविस अध्यक्ष निर्वाचित भई स्थानिय निकायमा वसेर कार्यगरेको एक अनुभवी नेताकोरुपमा चिनिन्छ ।

३. हरिराम बुर्लाकोटी
नेपाली कांग्रेस धादिङका वर्तमान सचिव हरिराम बुर्लाकोटी पनि त्रिपुरासुन्दरी गॉंउपालिकाको अध्यक्ष बन्ने दौडमा हुनु हुन्छ । उहॉं लामो समय शिक्षण पेशामा आबद्ध रहेर नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट कांग्रेसको प्रत्यक्ष राजनीतिमा होमिनुभएका बुर्लाकोटी शिक्षण पेशामा रहदॉंपनी नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको जिल्ला अध्यक्ष हुदैं केन्द्रिय सदस्यसम्म भएर सांगठनिक रुपमा कार्य गरेको अनुभव उहॉंसंग रहेको छ ।

४. नवराज तिमल्सिना
नेपाली कांग्रेसका नेतै नेताले भरिएको गॉंउपालिका भनेर चिनिएको त्रिपुरासुन्दरी गॉंउपालिकामा एक उदीयमान यूवा नेता नेपाली कांग्रेस धादिङका जिल्ला कार्यसमिति सदस्य नवराज तिमल्सिना पनि आफु त्रिपुरासुन्दरी गॉंउपालिका अध्यक्षको दावेदार रहेको बताउनु भएको छ ।
नेपालमा झण्डै १४ वर्ष पछी सम्पन्न हुनलागेको निर्वाचनमा देशैभरी यूवाको माग भैरहेकोले अबको नेतृत्व प्रविधि युक्त आर्थिक र समृद्धि बुझेको युवाले गर्नु पर्छ त्यसैले नेपाली काँग्रेले आफुलाई उम्मेदवार बनाउनेमा ढुक्क रहेको बताउने तिमल्सिना २०५४ सालदेखी नेपाल विद्यार्थी संघ आपद्ध भई क्षेत्रीय सचिव, क्षेत्रीय अध्यक्ष हुदैं पार्टीको जिल्ला सदस्य सम्म रहेर सांगठनिक कार्य गरिसकेको अनुभव रहेको छ ।

माओवादी केन्द्रबाट २ जना आकाँक्षी
जगत सिंखडा

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य जगत सिंखडा त्रिपुरासुन्दरी गॉंउपालिकाको अध्यक्षका दावेदार हुन् । उनी संकाटकाल देखि पार्टीका जोडिएर मजदुरको जिम्मेवारी बहन गर्दै आएका नेता हुन् । कार्यसम्पादनमा पोख्त सिंखडा आफै अध्यक्षका दावेदार मिडियाबाट सार्वाजनिक नगरेका सिंखडा आगिञ्चोक निवासी हुन् । त्रिपुरासुन्दरी गॉंउपालिका जित्न सिंखडालाई ल्याउनु पर्ने दवाव आएसी सिंखडा अध्यक्ष बन्न तयार हुनु हुन्छ एक नेताले भने ।

अर्जुन गनरकोटी

यस त्रिपुरासुन्दरी गॉंउपालिकामा माओवादी केन्द्रको चर्चित पात्र अर्जुन नगरकोटी आफु अध्यक्षको दावेदार रहेको र पार्टीले कस्लाई उम्मेदवार बनाउछ पर्ख र हेर को अवस्थामा छन् । यस अघि एकीकृत अखिल नेपाल शिक्षक संगठनको जिल्ला अध्यक्षको भुमिका निभाइसकेका नगरकोटी माओवादी केन्द्र महादिवेशन आयोजक समिति सदस्य हुन् ।