धादिङ चैत्र २१ । नीलकण्ठ नगरपालिका वडा नं १, खाल्टे डाँडा बसाहाका २९ जनाले डकर्मी तालिम लिएका छन् ।
अमेरिकी सहायता नियोग (USAID) को आर्थिक सहयोगमा सञ्चालित बलियो घर कार्यक्रम अन्र्तगत उनीहरुले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि डकर्मीे तालिम लिएका हुन् ।
शहरी विकास तथा भवन निमार्ण विभाग, डिभिजन कार्यालय, धादिङको सहयोगमा नीलकण्ठ नगरपालिका तथा भुकम्प प्रविधि राष्ट्रिय समाज नेपालको आयोजनामा भएको तालिम आइतबार सम्पन्न भएको थियो ।
त्यसैगरी नीलकण्ठ नगरपालिका वडा नं ४, रिजालथोकमा चैत्र १८ गतेदेखि सात दिवसिय भूकम्प प्रतिरोधी ग्रामिण भवन निर्माणका लागि डकर्मीे तालिम सुरु भएको छ । सात दिने डकर्मी तालिममा २२ जनापुरुष को सहभागिता छ ।
स्थानिय स्रोत साधन प्रयोग गरी परम्परागत घर बनाइरहेका स्थानीय डकर्मीहरुलाई स्थानीय स्रोतसाधन कै प्रयोग गरेर भूकम्प प्रतिरोधी घर बनाउने क्षमता अभिवृद्धि गर्नको लागि उक्त तालिम सञ्चालन गरिएको भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एन्सेटका विनय नेपालले जानकारी दिनुभयो ।