धादिङ चैत्र २० । नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङको स्थानिय तहको चुनावी अभियान चैत्र १४ गते रुविभ्याली गॉंउपालिकाबाट शुरू भएको छ ।
यो चुनावी अभियान धादिङ जिल्लाको १३ वटै स्थानिय तहमा नेपाली कांग्रेसका जिल्ला स्तरीय नेताहरूले सम्बोधन गर्ने र केही कार्यक्रमहरूमा केन्द्रिय नेताहरूले सम्बोधन गर्नेगरी कार्यक्रमको तय गरिएको नेपाली काँग्रे धादिङका जिल्ला कार्य समिति सदस्य नवराज तिमल्सिनाले बताउनु भयो ।
१४ गते रूविभ्याली गॉंउपालिकामा नेपाली कांग्रेस धादिङका सभापति श्री रमेश धमला, माननीय सांसद दिलमान पाख्रिन, धादिङ कांग्रेसका निवर्तमान सभापति एवं पूर्व सांसद श्री रामनाथ अधिकारी लगायत जिल्ला स्तरीय नेताहरूले सम्बोधन गर्नुभएको थियो ।
त्यस्तै चैत्र १८ गते गंगाजमुना गॉंउपालिकामा भएको कार्यक्रममा नेपाली कांग्रेस धादिङका सभापति श्री रमेश धमला, माननीय सांसद दिलमान पाख्रिन, धादिङ कांग्रेसका निवर्तमान सभापति एवं पूर्व सांसद श्री रामनाथ अधिकारी, नेताहरू तिलक रूवाली, भक्त लामा फणिकान्त छत्कुली लगायत जिल्ला स्तरको अन्य नेताहरूले सम्बोधन गर्नु भएको थियो ।
यस्तै चैत्र १९ गते त्रिपुरासुन्दरी गॉंउपालिकामा भव्यताकासाथ सम्पन्न भएको आमसभामा नेपाली कांग्रेस धादिङका सभापति श्री रमेश धमला, माननीय सांसद दिलमान पाख्रिन, धादिङ कांग्रेसका निवर्तमान सभापति एवं पूर्व सांसद श्री रामनाथ अधिकारी, महासमिति सदस्य तिलक रुवाली, महासमिति सदस्य श्री वासु तिमल्सिना, महाधिवेशन प्रतिनिधि भिमप्रसाद ढुङ्गाना, नेता फणिकान्त छत्कुली लगायत नेताहरूले आमसभालाई सम्बोधन गरेका थिए ।
आमसभामा अन्य राजनैतिक पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूलाई जिल्ला सभापति श्री रमेश धमला लगायत नेताहरूले पार्टीको साधारण सदस्यता प्रदान गरी अबिर र खादा लगाएर पार्टीमा स्वागत् गरेका थिए ।
यसैगरी नेपाली कांग्रेस धादिङको चुनावी अभियान जिल्लाको १३ वटै स्थानीय तहमा संचालन हुदैंछ । चैत्र १४ गते रुवीभ्याली गॉंउपालिकाबाट संचालन भएको अभियान चैत्र ३१ गते नीलकण्ठ नगरपालिकामा बृहत् आमसभाको आयोजना गरेर कार्यक्रम सम्पन्न हुनेछ ।