धादिङ सिद्धलेक, चैत्र १९ । १८ वर्ष अघिदेखि हुन नसकेको स्थानिय निकाएको चुनाव वैशाख ३१ मा सरकारले घोषणा गरे पछि अहिले गाउँका बस्ति बस्ति चुनावमय भएको छ ।
पानी पधेँरो देखि मेलापातसम्म सबै तिर चुनावको माहोलले ततीयसँगै सिद्धलेक गाउॅपालिका पनि चुनावमय बनेको हो । प्राय कहिले काहिँमात्र गाऊँ पु्ग्ने नेताहरु अहिले जिल्लासदरमुकाम भन्दा पनि गाउँ गाउॅमा भेटीन थालेका छन् । साथै विभिन्न पार्टीका कार्यकर्ता आफ्नो पार्टीमा भित्त्रायाउने होडबाजी नै चलेको छ ।
१३ स्थानिय निकाय मध्ये २ नगरपालीका र ११ गाउँपालीका रहेको धादिङमा गाउँपालिका र नगरपालिकाको प्रमुख तथा मेयरको लागि आकांक्षीहरुले आफ्नो दावेदारी प्रस्तुत गर्ने क्रम दिन प्रति दिन बढ्दै गएको छ । यसै बीच सिद्धालेक गाउँपालिकाको प्रमुखको लागि विभिन्न व्यक्तिहरु आकांक्षी बनिरहदा नेपाली काँग्रेस साविकको कुम्पुर गाविसका सभापति रामशरण गिरीको नाम सबै भन्दा चर्चामा छ ।
जनता माझमा लोकप्रिय छबि बनाएका उनी विकास प्रेमी नेताको रुपमा चिनिन्छ । सबै पुस्ताको रोजाईमा पर्न सफल भएका कारण सिद्धालेक गाउँपालिकामा उनको जित सुनिश्चत रहेको एक नेताले धादिङपोष्टलाई बताए ।