
धादिङबेसी चैत्र १७ । दैनिक सयौँ मानिसले सदरमुकाम आवत जावत गर्न प्रयोग गर्ने धादिङ सदरमुकाम स्थित थोपल खोलामाथि रहेको साङ्कोस र धादिङबेसी जोड्ने झोलुङ्गेपुल जीर्ण बनेको धेरै भैसकेको छ ।
सदरमुकाम धादिङबेसीको बीच बजारबाट अन्दाजी ५ सय मिटरको दुरीमा रहेको थोपल खोलामाथि बनेको झोलुङ्गे पुल मर्मत संहारका अभावले जीर्ण बन्दै जाँदा नट वल्टु फुत्किएर खसेपछि यात्रुहरु जोखिम मोलेर हिड्न वाध्य भएका छन् । धादिङ जिल्लाको दैनिक साविकका १० गाउँविकास समितिका मानिसहरुको सदरमुकाम प्रवेस गर्ने मुख्य पुल जीर्ण हुँदा दुर्घटनाको त्रास बढिरहँदा पनि सरोकारवालाहरुको ध्यान गहिरहेको देखिदैन ।
चुनाव आयो, कुन मुख देखाएर भोट माग्न आउँछन ? आफ्नै आँखा अगाडीको समस्या नदेख्ने नेतालाई मुखभरीको जवाफ बनाएर बसेको साँङ्कोस निवासी एक स्थानियले बताए । नीलकण्ठ नगरपालिका र धादिङबेसी बजार जोडरने यो झोलुङ्गेपुल लामो समय देखि जीर्ण बनेका कारण दैनिक सदरमुकाम आवत जावत गर्नेहरुलाई समस्या भएको छ ।
निर्माण भएको लामो समय हुँदा पनि मर्मत र रेखदेख नहुँदा पुलका डण्डीहरु खियाले खाएर भाँचिन थालेका छन्, भने नट बल्टुहरु खसेका कारण एकदुई जनामात्र हिड्दा पनि हल्लिने हुँदा विद्यालय आउने साना साना बाल बालवालिलाई समस्या हुने गरेको अभिभावकहरु बताउछन् । करोडौ रुपयाँ विकासका लागि खर्च गर्ने जिविस धादिङ र नीलकण्ठ नगरपालीकाले आफ्नै कार्यालय अगाडी रहेको जीर्ण बनेको उक्त पुल मर्मत गर्न पटक पटक आग्रह गर्दा समेत व्यवास्था गरेको स्थानियहरुको आरोप छ ।
धादिङको विशेष गरी थोपल खोला र अरुण खोलाको विभिन्न स्थानमा रहेका पुलहरु जीण बनेका छन् भने धादिङका अन्य स्थानमा भएको झोलुङ्गे पुलहरुको अवस्था पनि उस्तै छ । धादिङबेसीबाट प्रकाशित सूचक सन्देशले खवर प्रकाशित गरेको छ ।

