अविवाहित भन्दा विवाहितमा बढी मानसिक समस्या

Avatar photo
Dhadingpost
बुधबार, चैत्र १६, २०७३


सरगम राना,
धादिङ चैत्र १६ ।
मानसिक रोगीहरुको संख्या दिनानु दिन बढी रहेको र त्यसमा पनि भुकम्प पछि मानसिक रोगीहरुको संख्या दोब्बरले बढेका छ । आज धादिङबेसी मानसिक रोगीहरुको क्षेत्रमा काम गर्दै आएको कोसिस नामक संस्थाका महेश तिमल्सिनाले अविवाहित भन्दा विवाहितमा बढी मानसिक समस्या रहेको बताउनु भएको छ ।

कार्यक्रममा भएको प्रभावित व्यक्तिहरुको अवस्था चुनौति र समाधानको विषयमा भएको अन्तरक्रिया कार्यक्रममा तिल्सिनाले यस्तो बताउनु भएको हो ।

मानसिक समस्या भएका व्यक्तिहरुलाई सहयोग गरि रहेको यस कोसिस संस्थाले ७५ वटै जिल्लामा गई बिरामीको अवस्था हेरी उपचार गर्दै आइरहेको छ । विशेष गरी काठमाडौबाट धेरै मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुलाई लगी स्नेह, मायाँ, ममता दिई अहिले सिप मुलक काममा लागेको र पारिवारिक मेलमिलाप समेत गराइदिएको छ ।

२० बर्ष देखी मानसिक सन्तुलन गुमाएकी धादिङ बजारमा टिकिमायाँ नामले चिनिने टिकिमायाँ लगायत थप ३ जनालाई पनि कोसिस संस्थाले लगि उपचार गर्ने यसमा महिला तथा बालबालिका कार्यलयले पनि सहयोग गर्ने महिला तथा बालबालिका अधिकृत सावित्री थापा रावतले बताउनुभयो ।

कार्यक्रममा सहायक प्रमुख अधिकारी लिलाधर अधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि,जनस्वस्थ्य प्रमुख, अपाङग भएका व्यक्तिहरु सहभागिता रहेको थियो ।

समाचार प्रभाव
केहि समय पहिला किन ? मनोचिकत्सकको नाममा लाखौ पैसा खर्च गरेको रिर्पोट पेस गर्ने गैर सहसकारी संस्थाले धादिङबेसी मै रहेका टिकि मायाँ जस्ताको उपचार गराउँदैन भन्ने शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।
ढिलै भएपनि टिकिमायाँहरुको उपचारमा कोसिस नाम संस्थाले चासो देखाएको छ ।

यस अघि छापिएको समाचार
धादिङका मनोचिकित्सक कहाँ के गरि रहेका छन्