एमाले सिद्धलेक गाउँपालिकाको संयोजकमा प्रेमनाथ सिलवाल

Avatar photo
Dhadingpost
आइतवार, चैत्र १३, २०७३

धादिङ चैत्र १३ । सिद्धलेक गाउपालीकोको संयोजकमा नेता प्रेमनाथ सिलवाल चयन हुनुभएको छ ।

लामो समयदेखि एमाले नलाङको नेतृत्व गर्दै आउनु भएका सिलवाल अहिले नेकपा एमालेको इलाका संयोजकको रुपमा काम गर्दै आउनु भएको थियो ।

राज्यले स्थानिय निकाय पुनरसंरचाना कायाएन्वयनमा ल्याएपछि नेकपा एमालेले पनि नगरपालिका, गाउँपालिकाको संरचनामा पाटीलाई अगाडी बढारहेको छ ।

गाउँपालिकाको संरचना अनुसार सिलवाल नेकपा एमाले सिद्धलेक गाउँपालिकाको संयोजक बन्नु भएको हो । उप संयोजकहरु रंग थपलिया र खुनराज थापा सहित ३९ सदस्यीय गाउँकमिटी चयन गर्दै सिद्धलेक गाउँ कमिटि गठन गरेको छ ।

आसन्न गाउँ पालिकाको चुनावमा अध्यक्ष उम्मेदवारका आकाँक्षीका रुपमा हेरिए सिलवाल अलि खरो स्वभावका रुपमा चिनिनु हुन्छ । जनताको काममा हरप्रयासले खट्ने सिलवाल र शिक्षा क्षेत्रमा कहलिएका कुम्पुरका एमाले नेता लक्ष्मण शर्मा दुबै गाउँपालिकाको अध्यक्षका आकाँक्षी हुन् ।

एमालेलाई उम्मेदवार छान्न निकै कठिन परेको छ दुबै आकाँक्षी हो, पार्टीले निर्णय गरेको छैन एमाले स्रोतले बतायो ।

जिल्ला अस्पताल धादिङ व्यवस्थापन समितिको अध्यक्ष भैसकेका सिलवाल धादिङको राजनीतिक आन्दोलनमा स्थापित नाम हो ।