गजुरी क्षेत्रमा प्रहरी निरिक्षक कृस्ण सापकोटा सबैको वाह, वाह

Avatar photo
Dhadingpost
आइतवार, चैत्र १३, २०७३

उपेन्द्र जम्कटेल
धादिङ गजुरी चैत्र १३ । यतिबेला गजुरी गाउँपालिका अन्तरगत गजुरीमा कार्यरत प्रहरी निरिक्षक कृस्ण सापकोटालाई सामाजिक तथा जनचेतना मुलक कार्यक्रम गर्न भ्याइनभ्याई छ ।

पृथ्वी राजर्माग अन्तरगत गजुरी मा कार्यरत प्रहरी निरिक्षक सापकोटाको एउटै चिन्ता छ, दुर्घटना न्यूनीकरणलाई कसरी प्रभावकारी बनाउने भन्नेमा ।

उनले दुर्घटना न्यूनीकरण गर्न चेकीङमा कडाइ, अनुसाशित ड्राइभरलाई चेकिङ स्थल मै पुरस्कृत समेत गर्दै आइरहेका छन् ।

ठाउँ ठाउँमा दुर्घटना न्यूनीकरण सम्बनधी जनचेतना मुलक होर्डिङ बोड राख्नु भयको छ ।

उनी प्रहरी निरिक्षक भएर गजुरी आए यता दुर्घटना न्यूनीकरण हुनुको साथै विभिन्न सामाजिक कार्य भएको पृथ्वीराजमार्ग क्षेत्रका स्थानियले बताए ।

प्रहरी निरिक्षक सापकोटाले सामाजिक कार्य अन्तरगत ठाउँ ठाउँ मा यात्रु प्रतीक्षालय बनाउनुको साथै बटुवा लाई खानेपानीको ब्याबस्था, विभिन्न खाले ट्राफिक नियम बारे जनचेतनामुलक कार्य स्कुल मै पुगेर विद्यार्थीलाई जानकारी गराउँदै आएका छन् ।

स्कुलका विद्यार्थी र शिक्षकलाई मात्र बुझाए पनि ट्राफिक नियम प्रभावकारीतामा सहजता आउने उनको धारणा छ ।