पुष्पविक्रम मल्ल सहितका नेताहरु उत्तरी धादिङमा

Avatar photo
Dhadingpost
आइतवार, चैत्र १३, २०७३


रविन्द्र बस्नेत
चैत्र १३ त्रिपुरासुन्दरी । माओवादी केन्द्रका जिल्ला अध्यक्ष शालिकराम जमकट्टेल उत्तरी धादिङको रुवीभ्यालीबाट फर्के लग्गतै केन्द्रीय सचिवलय सदस्य पुष्पविक्रम मल्लको नेतृत्वमा रामबहादुर भण्डारी लगायतका नेताहरु पुन उत्तरी क्षेत्रमा पुगेका छन् ।

नेताहरुले शनिबार त्रिपुरा सुन्दरीमा कार्यक्रम गरे भने दार्खा १४ गते खनियाबास, १९ गते झार्लाङको कार्यक्रक्रममा सहभागि हुन उत्तर गएका हुन् ।

गाउँ नगर घरघर जाऔं, नेकपा माओवादी केन्द्रलाई विजयी गराऔं भन्ने नारा सहित नेकपा माओवादी केन्द्र त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ र ५ को वडा सम्मेलन सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्र धादिङ सल्यानकोटका सदस्य गोपाल बहादुर खड्काको सभापतित्वमा सम्पन्न सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य एवं पुर्व सभासद् पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै नेकपा माओवादी केन्द्र धादिङका जिल्ला उपाध्यक्ष राम वहादुर भण्डारी को विषेश आतिथ्यता तथा त्रिपुरासुन्दरी गाउँपालिका इन्चार्ज अर्जुन बहादुर नगरकोटि, जिल्ला सदस्यहरु हरि विक, नारायाण प्रसाद तिमल्सेना र सहिद परीवारका सदस्यहरुको आतिथ्यता रहेको थियो ।

शनिबार सम्पनन भेलालाई सम्बोधन गर्दै पुर्व सभासद् मल्लले संघीयता माओवादी केन्द्रको एजेण्डा भएकाले सिंहदरबारको अधिकार जनताको घर दैलोमा आएको बताउँदै त्यसको संस्थागत विकासको लागि पार्र्टीका कार्यकर्ताहरु लाग्नुपर्ने बताउनुभयो ।

सम्मेलनबाट पुण्य प्रसाद सिंखडाको अध्यक्षतामा २६ सदस्यीय वडा समिति गठन गरीएको छ ।

त्यस्तै एम बहादुर मास्कीको संयोकत्वमा ३३ सदस्यीय वाईसियल समिति गठन गरीएको छ । त्यसैगरी वडा नं ५ मा गोपाल बहादुर खड्काको अध्यक्षतामा २८ सदस्यीय वडा समिति गठन गरीएको छ । भने बलराम खड्काको अध्यक्षतामा ३५ सदस्यीय वाईसिएल कमिटि गठन गरीएको छ । सल्यानकोट बाट सहकर्मी रविन्द्र बस्नेतले जानकारी दिनुभयो ।