धादिङ चैत्र १२ गते । धादिङमा चुनावी रौनक बढ्न थालेको छ, बेलुका एउटा पार्टीको कार्यकर्ता बिहान अर्को पार्टीको सदस्यता लिने बजार हल्ला मजैले चल्न थालेको छ ।
दलहरुका नेताहरु पनि अर्को पार्टीको मुख्य पदमा रहँदा त्यो केहि नी हैन त्यो १ भोटे नेता हो भन्ने, त्यहि मान्छे आफ्नो पार्टीमा आएपछि पुरै पार्टी आफ्नोमा आए जसरी प्रचार गर्ने गरेको देखिन्छ ।
तथापि दलहरु आफ्नो पार्टीका अन्य पार्टीका कार्यकर्ताहरु भित्रयाउन तल्लिन देखिन्छन् ।
जस्को कार्यक्रम भएनी अन्य पार्टीबाट प्रवेस गरेको देखिन्छ आज बिहान धुनिबेसी नगरपालिकाका भिमसेन पाण्डे सहित ९ जना एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेस गरेको खवर सार्वजनिक भएको थियो भने दिउँसो
नीलकन्ठ वडा नं १० मा एमाओवादी केन्द्र परित्याग किरण परियार र सुदिप परियार एमालेमा प्रवेस गरेका छन् ।
चुनाव लाग्यो, दलहरु अरुको कार्यकर्ता आफुतिर तान्न व्यस्त ।