भरत कोईराला भन्छन्- निष्ठाबाट विचलित हुने छैन

Avatar photo
Dhadingpost
शनिबार, चैत्र १२, २०७३

धादिङ चैत्र १२ । धादिङबाट कम्यूनिष्ट आन्दोलनमा विगत३३ वर्षदेखि क्रियाशिल भरत कोईराला पटक-पटक पार्टी फुट र गूटबाट ग्रस्त बनेकोमा दुखि छन् ।

आफू पर्यटन व्यवसायी ज्योती अधिकारी र पत्रकार तीर्थ कोइरालाका कारण कम्यूनिष्ट पार्टीमा लागेको बताउने कोइराला निष्ठा राजनीतिबाट विचलित नहुने आफ्नो फेसबुकमा रातो कात्रो र मेरो कथा भन्दै स्टाटस पोष्ट गरका छन् ।

नेकपा (चौम) को विद्यार्थी हुदै २०४० सालको फुट भएर नेकपा (मशाल) त्यसपछिको विद्यार्थी आन्दोलनमा लागियो । २०४५ सालको भारतिय नाकावन्दी विरुद्धको आन्दोलन, २०४६ सालको जनआन्दोलनमा सक्रियताको साथ लागीयो । जेल नेल परियो । २०५१ सालमा राज्य विरुद्धको अपराधको सजाएँ खेपेको आफ्नो कथामा कोइरालाले लेखेका छन् ।

३३ वर्षे राजनितिक जीवनमा एउटै कमिटीका अध्यक्ष उप प्रधानमन्त्री सम्म भए । कयौं जुनियर साथीहरु मन्त्री, राज्यमन्त्री, सभासद तर आफुले कुनै पदको वार्गेनिङ नगरेको भन्दै आफु पार्टीको कार्यकर्ता हुनुमा ठुलो गर्व गरेको लेखेका छन् ।

कोइराला लेख्छन् जीवनमा आफु लागेको पार्टीको नेतृत्वमा देशमा गणतन्त्र आयो । जीवनको खुसीको दिन त्यही थियो । दुखका दिन त कति आए कति आए यहि हो भन्न सकिने अवस्था छैन । त्यस्ता दिनहरुले पछ्याइ रहेका छन । एकाएक एकिकृत माओबादी पार्टी फेरि फुट्यो । व्यक्तिगत रुपमा नजिक र विचारका रुपमा टाढा रहेका वावुराम फुटेर गए । ताना तानको राजनीति चल्यो ।

मैले जिवनभर वोकेको कम्युनिष्ट पाटीको रातो झण्डा छोडेर जान सकिन । मरेपछि मलाइ अरवौं सर्वहाराहरुको मुक्तिको झण्डा कुनै न कुनै कम्यूष्टि नेताले अवश्य ओडाउने छन र मेरो आत्माले गौरव गर्ने छ भन्ने मेरो वुझाइ छ । तर आज आएर त्यही मेरो निष्ठा, राजनिति प्रगतीको वाधाको रुपमा अगाडि आएर तेर्सिरहेको छ । पन्छाउन सक्ने अवस्था छैन । र पनि आफ्नो निष्ठाबाट विचलित हुने छैन मेरो निष्ठा काष्टा र आस्था बाट, त्यस्ता तत्व अवस्य एकदिन पराजित हुने छन् । मयुरका प्वाख भिरेका नक्कली मयुरहरु कागको रुपमा अवस्य देखिने छन् ।