धादिङ चैत्र १२ । नयाँ शक्ति नेपाल धादिङको चरौदी भेला मुख्य ३ निर्णय गर्दै सकिएको छ ।
आसन्न स्थानिय निकायको चुनावकोको बारे आयोजित चरौदी भेला ३ निर्णय गर्दै शुक्रबार राती अबर सकिएको हो ।
नयाँ शक्तिका केन्द्रिय परिषद सदस्य एवम् पर्यटन व्यवसायी राम घलेले भेलाको निर्णय सुनाउँदै धादिङपोष्टलाई भन्नुभयो- पहिलो निर्णय धादिङका सबै वर्डा नगरपालिका, गाउँपालिकामा उम्मेदवारी दिने, दास्रो उम्मेदवार छनौटको मापदण्ड सामानिज भ्रष्टचारमा नमुछिएको विकासलाई बुझेको पात्रलाई उम्मेदवार छनौट गर्ने र तेस्रो धादिङ जिल्लालाई आर्थिक समृद्धिको हिसावले नमुना जिल्ला बनाउने निर्णय गरेको छ ।
भेलामा, धादिङबाट केन्द्रिय परिषदमा प्रतिनिधित्व गर्ने कल्पना धमला, राजेन्द्र केसी, राजु नेपाल, रामघले, बीरबहादुर तामाङ लगायत २२ जना र जिल्ला परिषद सदस्यहरु ६० जना सहभागि रहेको थियो ।