सल्यानटारमा माओवादी केन्द्रको कार्यक्रम, बिरबहादु घिमिरेको नेतृत्वमा १२ जना प्रवेस

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र ११, २०७३

धादिङ सल्यानटार चैत्र ११ । नेकपा माओवादी केन्द्र त्रिपुरासुन्दरी गाऊँपालिका अन्तर्गत वाडा नं. १ र २ वडाकोे सम्मेलन सम्पन्न भएको छ ।

साविकको सल्यानटारको गाविस अध्यक्ष छविलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्र धादिङका उपाध्यक्ष रामबहादुर भण्डारीको प्रमुख आतिथ्यता रहको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै भण्डारीले त्रिपुरासुन्दरी गाउँपालिकामा दनुवार कुमाल लगायतका जनजातिहरुको बाहुल्यता रहेकोले स्थानीय तहको निर्वाचनमा उनीहरुलाइ समाबेश गराएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो साथै स्थानीय तहको चुनावको लागि पार्टीका कार्यकर्तालाई सक्रिय रुपमा लागि पर्न निर्देशन दिनुभयो ।

सम्मेलनबाट वडा नं. १ मा रामकुमार श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति गठन गरको छ । समितिको उपाध्यक्षमा पर्मिला परियार, सचिवमा मञ्जु पुरी र कोषाध्यक्षमा मिठु परियार चयान हुनु भएको छ । त्यसैगरी वडा नं २ मा छविलाल श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा ईश्वर बाबु सुनार, सचिवमा दुर्गा कुमाल र कोषाध्यक्षामा हरिचन्द्र बुर्लाकोटी रहनु भएको छ ।

सम्मेलनमा बिरबहादु घिमिरेको नेतृत्वमा १२ जना अन्य पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका छन् ।
कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिका संयोजक हरि विश्वकर्मा , एकिकृत नेपाल शिक्षक संगठनका पूर्व अध्यक्ष अर्जुन नगरकोटी, महाधिबेशन आयोजक समितिका सदस्य सुवास अधिकारी, जिल्ला समिति सदस्य कृष्ण कँडेल लगायतको आतिथ्यता रहेको थियो ।