धादिङ चैत्र ११ । बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचन सम्पन्न गर्न सरकारले म्यादी प्रहरीमा आवेदन खुला गरेको छ ।
धादिङमा पनि आजै देखि आवदन लिन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको । निर्वाचन सम्पन्न गर्न धादिङमा यतिनै चाहिने माथिबाट निर्देशन छैन तर धादिङ लागि कम्तिमा पनि ५ सय जना चाहिन्छ भन्ने हो ।
छनौट चरण सम्म पुग्दा संख्या टुङ्गेला कति आवेदन पर्छ हेरो जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृत त बताए ।
चैत्र १७ गते सम्म दरखास्त दिन पाईने गरि आवेदन खुला म्यादी प्रहरी आवेदन दिन दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पुरा भई ५४ ननाघेको हुनु पर्ने छ ।
साधारण लेखपढ गर्न जान्ने जोकोही नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । यद्यपी सुरक्षा निकायमा काम गरेको अनुभव भएकालाई प्राथमिकता दिइने बताइएको छ ।
१८ गतेसम्म आवेदन संकलन भइसकेपछि १९ गतेदेखि २१ गतेसम्म छनौट प्रारम्भ हुनेछ। २२ गते छनौट भएकाहरुको नतिजा सार्वजनिक गरिनेछ। छनौट भएकालाई चैत २५ देखि वैशाख ८ गतेसम्म प्रशिक्षण दिइने बताइएको छ। प्रहरी जवानले पाएसरहको तलव, भत्ता र सुविधा म्यादी प्रहरीले पाउने छन् । बताईएको छ ।