धादिङ चैत्र १० । माओवादी केन्द्र धादिङका जिल्ला सदस्य तथा रुबीभ्याली गाउँपलिका इन्चार्ज रामसिंह तामाङ माथि धादिङबेसी स्थित बीचबजार आक्रमण भएको छ ।
रुबीभ्याली गाउँ सम्मेलन सकेर हिजो मात्र धादिङबेसी आएका तामाङलाई सेर्तुङ बोराङका राप्रपा कार्यकर्ता छन्दलाल भनेर चिनिने प्रशान्त तामाङको नेतृत्वमा आएका राप्रपा कार्यकर्ताहरुले आक्रमण गरेको माओवादी केन्द्र धादिङले बताएको छ । आक्रमणमा रामसिंह तामाङका अनुहारमा चोट लागेको छ ।
ज्यान मार्ने मुद्धाका फरार अभियुक्त प्रशान्त तामाङलाई प्रहरीले पक्राउ गरि सकेको र प्रशान्तलाई फरार अभियुक्त समेत भएकोले थप अनुसन्धाको लागि काठमाडौ पठाईने प्रहरीले बताएको छ ।
प्रशान्त तामाङले रामसिंह तामाङलाई पिट्यो भन्ने थाहा पाएपछि घटना स्थल पुगेका माओवादी केन्द्र रुवीभ्यालीका कार्यकर्ताहरुले राप्रपा कार्याकर्ताहरुलाई लखेटेका थिए । आफ्ना नेता माथि आक्रमण भएको भन्दै माओवादी केन्द्र धादिङले भत्सर्ना गरेको छ ।