धादिङ चैत्र ९ । माओवादी केन्द्र धादिङका अध्यक्ष शालिकराम जमकट्टेलले स्थानिय तहको निर्वाचनबाट माओवादी केन्द्र नेपालको ठुलो दल बन्ने दावी गर्नु भएको छ ।
माओवादी केन्द्र रुबीभ्याली गाउँपालिकाको सम्मेलन उद्घाटन गर्न सेर्तुङ ठुलो गाउँ पुगेका जमकट्टेलले माओवादी केन्द्रको मुलुक परिवर्तन गर्ने एजेण्डा स्थापित भएको र सिंहदरबारको अधिकार जनताका घरमा ल्याउन हजारौले बलिदानी गरेको पार्टी भएको हुनाले जनताले भोट दिने बताउँदै आफ्नो पार्टी ठुलो दल बन्ने बताउनु भएको हो ।
उत्तरी धादिङको गणेश हिमालको काखमा अवस्थित प्राकृति सुन्दरताले भरिपूर्ण रूबीभ्याली गाउँपालिकाको प्रथम सम्मेलन सेर्तुङ ठुलो गाउँमा उद्घाटन गर्दै जमकट्टेलले, जनजातिका अधिकार, महिला, किसानका अधिकार, पिछडिएका वर्गका अधिकार स्थानिय तहको निर्वाचन त्यसमा पनि माओवादी केन्द्रको विजयबाट मात्र संभव भएको बताउँदै अबका जनता किनबेचमा फस्दैनन्, बुझेका छन् कस्को कारण मुलुकमा यत्रो परिवर्तन भयो जनतालाई राम्रो ज्ञान भएको बताउदै गोलाकार भित्र हँसिया हथौडा चुनाव चिन्हको प्रचार गर्न रुबीभ्याली गाउँपालिकाका कार्यकर्तालाई निर्देशन दिनु भएको थियो ।
कार्यक्रममा राप्रपा, एमाले, काँग्रेसबाट दर्जन भन्दा बढी कार्यकर्ता माओवादी केनद्रमा प्रवेस गरेका थिए । जिल्ला समिति सदस्यहरु रामसिंह तामाङ मिम्बा तामाङ लगायतको आतिथ्यता रहेको कार्यक्रममा उल्लउख्य कार्यकता तथा सुभचिन्तकहरुको उपस्थिति रहेको कार्यक्रम स्थल सेर्तुङबाट शुक तामाङले धादिङपोष्टलाई बताउनु भयो ।