सिंहदरबारको अधिकार जनताका घर आंगनमा -भण्डारी

Avatar photo
Dhadingpost
बुधबार, चैत्र ९, २०७३

धादिङ, चैत्र ९ । संघीयता, देश टुक्राउने नभएर सिंहदरबारमा भएको अधिकार जनताका घर–आंगनमा पुर्याउने अभियान भएको माओवादी केन्द्र धादिङका उपाध्यक्ष रामबहादुर भण्डारीले बताउनु भएको छ ।

भण्डारीले माओवादी केन्द्रको एजेण्डा सार्थक हुँदैछ, सिंहदरवारको अधिकार जनताको घर घरमा पुर्याउने अभियान कर्ता माओवादी केन्द्र भएको धुँवाकोटमा भएको पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै बताउनु भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि भण्डारीले जनपक्षिय अधिकार सुनिश्चितका लागि स्थानिय तहको निर्वाचन माओवादीले जित्नुपर्ने बताउँदै निर्वाचन मिति अजिकै आईसकेकोले निर्वाचन केन्द्रीत बन्न कार्यकतालाई निर्देशन दिनु भएको थियो ।

नमराज दुवाडीको सभापतित्व सम्पन्न भएको उक्त कार्यक्रममा निलकन्ठ नगरपालिका इन्चार्ज एवम् जिल्ला सहसचिब मनराज भन्डारी सल्लाहकार सदस्य देबराज आचार्य काठमाडौं धादिङ सम्पर्क मन्च का प्रतिनिधि लालोल्चन नेपाल लगायतको आथित्यता रहेको थियो ।