शुसिला रिजाल
धादिङबेसी, चैत्र ९ । एक्सन नेपाल र अक्सफामको साझेदारीमा उत्तरी धादिङको खनीयावास गाउँपालिका स्थित साविकको सत्यदेवि गाविस र नेत्रावाती गाउँपालिका सविकको त्रीपुरेस्वर गाविसको कार्यक्रम बारे पत्रकारलाई जानकारी गराईको छ ।
मंगलबार धादिङबेसीमा एक्सन नेपालको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा एक्सन नेपालका श्यामकृष्ण बजगाईले यी दुई गाविसमा संचालित नेपाल भुकम्प प्रतिकार्य परियोजना पछि सत्यदेवी र त्रिपुरेश्वरको मुहार फेरीएको पत्रकारहरुलाई जानकारी गराउनु भएको हो ।
जिपाकोपार्जन, आवास, खानेपानी र सरसफाई, विपत जोखिम न्युनिकरण र लैङ्गिक क्षेत्रमा सकृय पुर्वक काम गर्दै आएको एक्सन नेपाल र अक्सफामको प्रयासबाट अहिले ति क्षेत्रका जनसमुदायहरु हर्षित भएका छन् यो हाम्रो अभियानमा जिल्ला स्थित पत्रकारहरुको भुमिका ठुलो रह्यो हाम्रो कामलाई बाहिर ल्याउन सहयोग गर्ने पत्रकार साथीहरुलाई विशेष धन्यावाद दिन चाहान्छौ एक्सन नेपालका प्रमोद भट्टले धादिङपोष्ट मार्फत बताउनु भयो ।
५ वटा विषयगत क्षेत्रमा रहेर काम गर्दै आएको यि संस्थाले दिएको सुविधा प्राय दुवै गाविसका सबै घर धुरीले पाएका छन् । जीविकोपार्जन कार्यक्रम अन्तर्गत करिव ५० लाखको लागतमा भुकम्पले भत्काएका छ वटा सिंचाई कुलो मर्मत, २२ वटा समुहलाई कृषिमा धुनिकिकरणको लागि ट्याक्टर, मिलेट थ्रेसर, कनसेलर, कम्बाईन मिल, ठेलागाडा लगायतका सामाग्री वितरण, १६० जना कृषकहरुलाई आधारभुत कृषि र पशुपालन तालिमसंगै प्रत्येक व्यक्तिलाई ७ हजार ५ सयका दरले सहयोग, ८ जना कृषकहरुलाई ३५ दिने कृषि र भेटेनरी तालिम संगै समुदायमा गुणस्तरिय सेवा प्रभाव गराउन प्रत्येकलाई ४० हजारको सामाग्री सहयोग, ६० जना व्यक्तिलाई लघुउद्यमीको रुपमा अगाडि बढाउन विभिन्न सिपमुलक तालिमसंगै प्रत्येकलाई ४० हजार सहयोग गरेको पत्रकार भेटघाटमा जानकारी गराईएको थियो ।
यता खानेपानी र सरसफाई कार्यक्रम अन्तर्गत करिव १ करोड ३८ लाखकोे लागतमा ९ वटा खानेपानीको आयोजनाको काम भएको र यसबाट ६१३ घर धुरीका मानिस लाभान्वित हुने, आवास कार्यक्रम अन्तर्गत दुवै गाविसमा २४० वटा सुधारिएको गोठ निमार्ण, २ वटा नमुना घर निमार्ण, भुकम्प प्रतिरोधि घर निमार्ण संबन्धि तालिम संचालन भएको, ५१० वटा अन्न राख्ने, अन्न भण्डार वितरण, विपत जोखिम कोषका समेत स्थापना गरिएको, मानव वेचविखन, बालविवाह, नागरिकता तथा व्यक्तिगत घटना दर्ता, लैङ्गिकतामा आधारित हिंसा र रिफ्लेक्ट कक्षा जस्ता कायृक्रमहरु सम्पन्न भएको छ यी दुई गाविसको मुहार फेरिने तयारीमा बजगाईले पत्रकार भेटघाटको क्रममा जानकारी गराउनु भयो ।
यसै परियोजना सँग सम्बन्धित यस अघिका समाचार पनि पढौं